नेपालले जोगायो एक दिवसीय खेलको मान्यता

32

नेपालले जोगायो एक दिवसीय खेलको मान्यता

नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाएको छ । यूएईमाथि १७७ रनको जितसँगै नेपालले एक दिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) मान्यता जोगाएको हो ।
सँगसँगै आईसीसी विश्वकप क्रिकेट लिग टू का पुग्ने संभावना पनि कायम राखेको छ । जारी शृखंलामा लगातार दोस्रो जितपछि नेपालले अमेरिकालाई पनि पछि पारेको छ ।
नेपालले सात राष्ट्र सहभागी लिग टू मा चौथो स्थान पक्का गरिसकेको छ र बाँकी दुई खेल जितेमा नेपाल शीर्ष तीनमा रहँदै विश्वकप क्वालिफायरमा छनोट हुनेछ । यूएईको हारसँगै अमेरिकाको पनि ओडीआई मान्यता जोगिएको छ ।
लिग टू को शीर्ष पाँच भित्र पर्ने टिमको ओडीआई मान्यता कायम रहने छ । यूएईले भने ओडीआई मान्यता कायम राख्नका लागि अब प्लेअफ क्वालिफार खेल्नु पर्नेछ ।