बेल्जियममा वस्ने विदेशीहरुको संख्या १२ लाख ५० हजार बेसी

660

बेल्जियममा  वस्ने विदेशीहरुको संख्या १२ लाख ५० हजार बेसी

सन्तोष न्यौपाने
ब्रसेल्स /बेल्जियम

बेल्जियममा रहेका नेपालीहरुको तथ्यांक निकाल्न एन आर एन बेल्जियम लागि परेको छ | यहा नेपालीहरु ठ्याक्कै यति नै छन भनेर भन्न मुस्किल नै पर्ने गरेको छ | तर लुभेन स्थित क्याथोलिक युनिभर्सिटीका अनुसन्धानकर्ताहरुले निकालेको डाटा अनुसार नेपालीको संख्या अर्मेनियन हरुकोको तुलनामा पनि निकै न्यून रहेको देखियको छ | अर्थात् बेल्जियममा अर्मेनियनहरु ३ हजार ९ सय २१ जना रहेका छन | यो यूरोपियन यूनियन बाहेकका देशहरु मध्य शिर्ष १० देशको अन्तिम देश रहेको छ | यो तथ्यांकका अनुसार नेपालीहरुको संख्या बेल्जियममा ३ हजार देखि ३५ सय सम्म रहेको अडकल काट्न सकिन्छ |

युनिभर्सिटीको डाटा अनुसार गत वर्षको अन्तसम्म बेल्जियममा १२ लाख ५५ हजार २ सय ८६ विदेसी नागरिकहरु बसोबास गरिरहेका छन | गत वर्षको तुलनामा यो ४१ हजारले वृद्धि भयको हो |सन् २०००मा ८ लाख ९७ हजार ११० जना मात्रै विदेसी नागरिकहरु रहेका थिय |

सन् १९८०मा बेल्जियम स्वतन्त्र रास्ट्र घोषणा भयसंगै बेल्जियममा विदेसी नागरिकहरुको आगमन सुरु भयको थियो | मुख्यतय छिमेकी देशहरुबाट यहा उनीहरु आउने क्रम जारि भयको थियो | कोइला खानीको लागि कामदारको रुपमा इटाली र पूर्वी यूरोपका देशहरु पोल्याण्ड ,चेक स्लोभाकिया ,युगोस्लाभाकिया र हंगेरी बाट त्यहाका नागरिकहरु बेल्जियम झिकाइयो | यो नै विदेसी नागरिकहरुको बेल्जियममा पहिलो आगमन रहेको थियो | सन् १९४६मा इटाली सरकार संगको सम्झौता अनुरुप कोइला खानीमा आवस्यक मजदुरको रुपमा त्यहाका नागरिकहरु बेल्जियम आय |त्यसपश्चात १९५६मा स्पेन .१९५७मा ग्रिस १९६४मा मरोक्को र तुर्की ,१९८९मा ट्युनिसिया र १९७०मा अल्जेरिया र युगोस्लाभाकिया संग सम्झौता गरेर त्यहाका नागरिकहरु श्रमिकको रुपमा बेल्जियम आयका थिय |

लुभेन स्थित क्याथोलिक युनिभर्सिटीले प्रत्यक ३ ३ वर्षमा अनुसन्धानात्मक तथ्यांक निकाल्दै आइरहेको छ | तथ्यांक अनुसार बेल्जियममा सबै भन्दा बढी नेदर्ल्यान्ड़का नागरिकहरु बसोबास गरिरहेका छन | उनीहरुको संख्या १ लाख ३३ हजार ४३ रहेको छ | त्यस्तै गरेर क्रमस दोस्रोमा पोल्याण्ड .तेस्रोमा मरोक्को .चौथोमा इटाली .पाचौमा रोमानिया.छैठौमा फ्रान्स,सातौ तुर्की .आठौ स्पेन .नवौ बुल्गेरिया र अन्तिममा पोर्चुगलका नागरिकहरु रहेका छन | सबै संख्याहरू चार्टमा हेर्न सक्नुहुनेछ |

त्यस्तै गरेर यूरोपियन देशहरु बाहेकका देशहरुमा सबैभन्दा बढी अर्थात् शिर्ष १० मध्य अग्रपंक्तिमा मरोक्कोका रहेका छन | उनीहरुको संख्या २७ हजार ९ सय ५० रहेको तथ्यांकले देखायको छ | त्यस्तै गरेर तुर्की १८ हजार ५ सय २७, रसिया ७ हजार ४ सय ३३.अफगानिस्तान ६ हजार ४ सय २२ ,चिन ६ हजार २ सय १४, भारत ६ हजार ७८,कंगो ५०८२ ,इराक ४ हजार ७ सय १४,अमेरिका ४ हजार २ सय ३ र अर्मेनियाका ३ हजार ९ सय २१ नागरिकहरु वसोवास गरिरहेका छन |

नगरपालिकाको हिसाबमा बेल्जियममा सबै भन्दा बढी आन्तर्प नगरपालिकामा विदेसी नागरिकहरुको बसोबास धेरै रहेको छ | यूनिभर्सिटीको डाटा अनुसार उक्त नगरपालिकामा १ लाख ३ हजार १ सय ५२ विदेसी नागरिकहरुको बसोबास रहेको छ | त्यस्तै गरेर दोस्रोमा गेन्थ,तेस्रोमा लुभेन,चौथोमा मेखलेन,पाचौमा गेंक रहेका छन | अन्यमा ५ मा क्रमस लनकेन,मासमेखलेन .जाभेनतम,भिल्भूर्द र तुर्नहाउत रहेका छन |

यहाको क्षेत्र अनुसार सबै भन्दा बढी अर्थात् ५ लाख ४ हजार १ सय ३० फ्लामिस क्षेत्रमा विदेसी नागरिकहरुको वसोवास अत्यधिक रहेको छ | त्यस्तै गरेर बर्सेल्स क्षेत्रमा ३ लाख ९८ हजार ७ सय २६ र अन्तमा वालोनिमा ३ लाख ५२ हजार ४ सय ३० जना रहेका छन |

सबै विस्तृत डाटाहरु तलको फोटो बाट हेर्न सनुहुनेछ |स्रोत-क्याथोलिक यूनिभर्सिटी लुभेनnews3

news4

news

 news2