अटिजम केयर शाेसाईटी लुम्बिनीकाे अध्यक्षमा डा. सतिश रुपाखेतीलाई चयन गरिएकाे छ । संस्थाकाे आईतबार सम्पन्न पाचाै साधारण सभाले डा. रुपाखेतीकाे अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
समितिकाे वरिष्ठ उपाध्यक्षमा मधुप्रसाद अर्याल, उपाध्यक्षमा गीता श्रेष्ठ, सचिवमा कृष्णप्रसाद अधिकारी र काेषाध्यक्षमा ध्रुवराज पाण्डेलाई चयन गरिएकाे छ । त्यस्तै कार्यसमिति सदस्यमा कविराज अर्याल, अर्जुन न्याैपाने, सुशील गाैतम र सकुन्तला तिवारीलाई चयन गरिएकाे छ ।
साधारण सभाले रुपन्देहीमा अटिजम पाठशाला सञ्चालनकाे तयारी भएकाेमा खुसी व्यक्त गरिएकाे अध्यक्ष रुपाखेतीले बताउनु भयाे । तिलाेत्तमाकाे शान्ति नमुना माध्यमिक विद्यालयमा आगामी शैक्षिक सत्रदेखि राेटरी क्लव अफ तिलाेत्तमा रुपन्देहीकाे नेतृत्वमा अटिजम विद्यालय सञ्चालनकाे तयारी गरिएकाे छ ।
उहाँका अनुसार रुपन्देहीमा करिव २ सय जना बालबालिका अटिजम प्रभावित छन् । त्यसमध्ये एक सय जना बालबालिकाका अभिभावक अटिजम केयर शाेसाईटीमा आवद्ध छन् ।
अटिजम बालबालिकामा देखिने एक प्रकारको मानसिक जस्तै समस्या हो । अटिजम प्रभावित बालकालिकामा उनीहरुले गर्ने संवाद, कृयाकलाप लगायतका कुराहरुमा अस्वभाविक व्यवहार देखा पर्दछ । यो जन्मजात समस्या हो । तर के कारणले हुन्छ ? यस विषयमा अहिलेसम्म केही पत्ता लागेको छैन । यद्यपी वैज्ञानिकहरुले वंशाणुगत समस्या भएको अनुमान गरेका छन् । नेपालमा कुल जनसंख्याको १ प्रतिशतमा यो समस्या रहेको अनुमान गरिएको छ ।