तिलोत्तमा गोल्डकप : सुदुरपश्चिम–११ र मनाङ मर्स्याङ्दी फाईनलमा

1.3K

तिलोत्तमा गोल्डकप : सुदुरपश्चिम–११ र मनाङ मर्स्याङ्दी फाईनलमा

रुपन्देहीमा जारी २२ औं संस्करणको तिलोत्तमा गोल्डकप फूटवलको फाईनलमा सुदुरपश्चिम–११ संग मनाङ मर्स्याङ्दी भिड्ने भएको छ ।
बिहिबार भएको अन्तिम सेमिफाईनल खेलमा मनाङले ३ का विरुद्ध ४ गोल सहित फाईनलको यात्रा तय गरेको हो ।
पहिलाे सेमिफाईनलमा सुदुरपश्चिम–११ ले थ्रिस्टारलाई पछि पार्दै फाईनलकाे यात्रा तय गएको थियो ।
बिहिबार भएको अन्तिम सेमिफाईनल खेलमा फ्रेण्स क्लवलाई ४/३ गोल अन्तरमा हराउदै मनाङले जीत निकालेको हाे ।
अन्तिम सेमिफाईनलमा भिडेको मनाङमस्र्याङ्दीले विभागीय नेपाल पुलिस क्लव र फ्रेण्ड क्लवले अर्को विभागीय एपिएफलाई रोक्दै सेमिफाईनलमा पुगेका थिए ।
बुटवल–११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको प्रतियोगितामा नेपाल पुलिस, एपीएफ, मनाङ मस्र्याङ्दी, रुपन्देही–११, थ्रीस्टार, हिमालयन शेर्पा, फ्रेन्डस क्लब र सुदूरपश्चिम–११ गरी दुई विभागीयसहित ८ टीम प्रतिस्पर्धामा थिए । प्रतियोगिताको विजेताले ११ लाख ११ हजार एक सय ११ रुपैयाँ र उपविजेताले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछ ।
सर्वोत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ, एक थान मोटरसाइकल, उत्कृष्ट फरवार्ड, गोलरक्षक, मिडफिल्डर, डिफेन्स र कोचलाई जनही ३० हजारका दरले नगद पुरस्कार प्रदान गरिने आयोजक रुपन्देही जिल्ला फुटबल संघले जनाएको छ । त्यस्तै, प्रत्येक खेलमा म्यान अफ द म्याचलाई ११ हजार १ सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।