पाल्पा ख्याहा–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा न्यौपाने

55

पाल्पा ख्याहा–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा न्यौपाने

पाल्पा ख्याहा–रुपन्देही सम्पर्क समाजको अध्यक्षमा जगदिश न्यौपाने निर्वाचित हुनु भएको छ । पाल्पा रिब्दीकोट १ ख्याहा रुपन्देही सम्पर्क समाजको शुक्रबार रुपन्देहीको तिलोत्तमामा सम्पन्न प्रारम्भिक अधिवेशन तथा सधारण सभाले सर्वसम्मत रुपमा न्यौपानेको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा बसन्त पराजुली र कमलप्रसाद गैरे, सचिवमा धातानन्द पराजुली, कोषाध्यक्षमा विनिता न्यौपाने, सहसचिवमा भूवन पराजुली तथा सदस्यहरुमा मोहन रसाईली, प्रेम पाण्डे, रमेश पाण्डे, सीता पराजुली रहनु भएको छ ।
संस्थाका संस्थापक अध्यक्ष तुलसीराम पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा पाल्पा रिब्दीकोट गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष चिरञ्जिवी पोखरेलले संस्थामा ख्याहाबाट रुपन्देहीमा आएर बसेका सबैलाई समेटेर फराकीलो बनाउन र ख्याहाको विकासको लागि सुझाव सल्लाह सहितको योगदान गर्न आग्रह गर्नुभयो ।
त्यसै अवसरमा ख्याहाको शारदा माध्यमिक विद्यालयमा अंग्रेजी माध्ययममा पठनपाठनको व्यवस्थापन मिलाउनको लागि नवनिर्वाचित अध्यक्ष न्यौपानले थप २ लाख रुपैंया आर्थिक सहयोग प्रदान गर्नुभएको छ । यो अभियानको लागि आफूले पहिले पनि आर्थिक सहयोग गरेको र आवश्यकता अनुसार थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै शारदा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनराज न्यौपाने र प्रधानाध्यापक ऋषिबहादुर रानाले विद्यालयलाई गरेको सहयोग प्रति आभार व्यक्त गर्दै यो अभियानलाई सार्थक बनाउनको लागि सबैको उत्तिकै साथ र सहयोग आवश्यक पर्ने भनाई राख्नुभयो ।