निलकण्ठ बाबा धामका बटुकलाई एकता सहकारीद्वारा शैक्षिक सामाग्रि प्रदान

94

निलकण्ठ बाबा धामका बटुकलाई एकता सहकारीद्वारा शैक्षिक सामाग्रि प्रदान

बुटवलमा सञ्चालित एकता बचत तथा ऋण सहकारी संस्थाले निलकण्ठ बाबा धाममा अध्ययन गर्ने बटुकहरुको लागि शैक्षिक सामग्रि प्रदान गरेको छ ।
उक्त सहहकारी संस्थाको २६ औं स्थापना दिवसको अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्दै शनिबार बुटवलको दीपनगरमा रहेको निलकण्ठ बाबा धामका बटुकहरुलाई ह्वाईट बोर्ड, ग्लोव म्याप, रजिस्टर लगायतका शैक्षिक सामाग्रि प्रदान गरेको हो ।
संस्थाकी अध्यक्ष सावित्रा टण्डनले आश्रमका सहसचिव नारायण भण्डारी र प्राचार्य माधव शर्मा भट्टराई उक्त शैक्षिक सामाग्रि हस्तान्तरण गर्नुभएको हो । त्यस अवसरमा बोल्दै अध्यक्ष टण्डनले संस्थाले सामाजिक उत्तरदायित्व बहन गर्दै विगतका वर्षहरुमा विभिन्न कार्यक्रम गर्दै आएको र बटुकहरुलाई शैक्षिक सामाग्रि प्रदान गर्न पाउँदा खुसी लागेको बताउनु भयो ।
निलकण्ठ बाबा धाममा हाल ७५ जना बटुकहरुले अध्ययन गरिरहेको र ६० जना धाममै आवासीय रुपमा रुपमा रहेको प्राचार्य भट्टराईले जानकारी गराउनु भयो । उक्त विद्यापिठमा सरकारी पाठ्यक्रममा संस्कृतका विविध विधाहरु थप गरी कक्षा १० सम्म अध्ययन अध्ययापन हुने पनि उहाँले जानकारी गराउनु भयो ।
संस्थाका सचिव विष्णुप्रसाद पौडेलको सञ्चालनमा भएको कार्यक्रममा संस्थाकी शिक्षा समितिकी संयोजक तारा गौतमले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो ।