२२ औं संस्करणको तिलोत्तमा गोल्डकपको उपाधि मनाङमस्र्याङदी क्लवले जितेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा सुदुरपश्चिम–११ लाई सडन डेथमा पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो । खेलको निर्धारित समयमा समान १ गोलको बराबरी भएको थियो ।
५८ औं मिनेटमा कोफिट टोमिटेले गोल गर्दै मनाङ मस्याङदी क्लवलाई अग्रता बनाएपनि त्यो अग्रता लामो समय टिक्न सकेन । खेलको ७० औं मिनेटमा सुदुरपश्चिम ११ का लागि फागुराम थारुले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याएका थिए । निर्धारित समयमा थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी मार्फत लिइएको थियो । पेनाल्टी पनि बराबरी भएपछि खेल सडन डेथमा गएको हो ।
उपाधिसंगै मनाङमस्र्याङदीले ११ लाख ११ हजार १११ रुपैंया र उपविजेतामा समेटिएको सुदुरपश्चिम–११ ले ५ लाख ५५ हजार ५५५ रुपैंया नगद पुरस्कार प्राप्त गरेको छ ।