द बिन्स एण्ड बारद्वारा रक्तदान

22

द बिन्स एण्ड बारद्वारा रक्तदान

रगतको अभाव हुन नदिन भन्दै बुटवलको कालिकानगरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तसञ्चार सेवा केन्द्र बुटवलसंगको सहकार्यमा द बिन्स एण्ड बार रेष्टुरेन्टले शनिवार रक्तदान कार्यक्रम गरेको हो ।
बुटवल ११ कालिकानगरस्थित रेष्टुरेन्टको प्राङ्गणमा आयोजित कार्यक्रममा ३३ युनिट रगत संकलन भएको आयोजकले जनाएका छन् । सो कार्यक्रममा स्थानीयवासी, युवा, समाजसेवी, बुद्धिजीवी लगायत उपस्थित रहेको रेष्टुरेन्टका सञ्चालक द्वारिका ज्ञवालीले जानकारी दिनुभयो ।
रगत दानभन्दा ठुलो दान अरू हुन नसक्ने भन्दै उहाँले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको औँल्याउनुभयो । कार्यक्रममा रगत दान गर्ने स्वयंसेवी रक्तदाता लगायत अन्य सहयोगीलाई प्रमाण-पत्रले सम्मान गरिएको थियो ।