राहत रकम दुरुपयोग भयको छैन ,प्रमाणसहित आउनुहोस कारवाही भोग्न तयार छु : हरि बहादुर न्यौपाने

1.3K

राहत रकम दुरुपयोग भयको छैन ,प्रमाणसहित आउनुहोस कारवाही भोग्न तयार छु : हरि बहादुर न्यौपाने

ब्रसेल्स/बेल्जियम

पुष २४

hari3-199x300

सामाजिक संजालमा अहिले भूकम्प पिडितलाइ उठायको रकम दुरुपयोग गरेको समाचार भाइरल बनेर फ़ैलियको छ | जर्मनी म्युनिख स्थित हिमालयन परिवार नामक सस्थाले उठायको रकम दुरुपयोग गरेको आरोप उक्त सस्थालाई लागेको छ | विसेशत सस्थाका हरि बहादुर न्यौपानेलाई अझ बढी चारित्रिक हत्या हुने गरेर आक्षेप लगाईयाको छ |

एभि न्युजका वरिस्ठ पत्रकार मानिने केदार कोइराला द्वारा संचालित जनता खबर अनलाइन पोर्टलले(http://www.janatakhabar.com/readNews.php?news=2049&utm_campaign=shareaholic&utm_medium=facebook&utm_source=socialnetwork)himalayan himalayan2 बिना आधार रकम दुरुपयोग सम्बन्धि समाचार प्रकाशित गरेपछि अहिले सस्था लगायत यूरोपमै रहेका नेपालीहरुमा अहिले यो समाचार सनसनी बन्न पुगेको छ | तर समाचारमा भने जस्तो रकम दुरुपयोग भने भयको छैन | नेपाल राहत स्वरुप पठाईयाको रकम पठाई सकियको छ भने बाकि रकम बैंकमा नै रहेको छ | जनता खबरमा भने जस्तो भूकम्प पिडितलाई उठायको रकम गूगल ब्वाय मानिने आदित्यलाई पठाईयको पनि छैन | सस्था भित्रकै असन्तुस्ट पक्षले सस्था भाड्न खोजियको देखियको छ |

हरि न्यौपानेका अनुसार रेस्टुरेन्ट खोल्ने योजना पुरानो र त्यसमा लगानी भयको रकम ब्यक्ति बिशेषको बेग्लै रहेको छ | भूकम्प पिडित हरुलाई उठाइयको रकम बेग्लै रहेको र हिशाब किताब पनि बेग्लै नै रहेको छ | न्यौपाने ले आफुले गल्ति गरेको मात्रै प्रमाण कसैले दियमा जुनसुकै सजाय भोग्न तयार रहेको लुम्बिनी अनलाइनलाइ प्रस्ट पारेका छन | बाकि उनकै अडियो सुन्नुहोस

थप अपडेट राख्दै जानेछौ