औषधि व्यवसायी संघ रुपन्देहीकाे अध्यक्षमा बस्नेत

104

औषधि व्यवसायी संघ रुपन्देहीकाे अध्यक्षमा बस्नेत

औषधि व्यवसायी संघ रुपन्देहीकाे अध्यक्षमा खड्गबहादुर बस्नेत निर्वाचित हुनु भएकाे छ । संघकाे दाेस्राे अधेवेशनका क्रममा अध्यक्ष पदमा बस्नेतकाे एकल उम्मेदवारी परेपछि उहाँ निर्विराेध निर्वाचित हुनु भएकाे हाे ।
त्यस्तै कार्यसमितिकाे उपाध्यक्ष पदमा पुरुषाेत्तम भट्टराई, महासचिवमा नारायण थापा, सचिवमा कृष्णप्रसाद पाेखरेल र उपकाेषाध्यक्ष पदमा केदार नेपालकाे एकल उम्मेदवारी परेकाे छ ।
त्यसबाहेक काेषाध्यक्ष पदमा माधव खनाल र विदुर जिसीकाे उम्मेदवारी परेकाे छ । तीन सदस्य पदमा ६ जनाकाे उम्मेदवारी परेकाे छ ।
तीन सदस्य पदका लागि रामप्रसाद यादव, सुवास ज्ञवाली, गुञ्जन ढकाल, कपिल ज्ञवाली, एकदेव बस्याल र उमेशचन्द्र आचार्यकाे उम्मेदवारी परेकाे निर्वाचन समितिले जनाएकाे छ । दाेस्राे अधिवेशन अन्तरगत निर्वाचनकाे कार्यक्रम भाेली शनिबार हुने छ ।