फार्मेसी संघको अध्यक्षमा ढकाल

1.3K

फार्मेसी संघको अध्यक्षमा ढकाल

नेपाल फार्मेसी संघको केन्द्रीय अधयक्षमा किरण ढकाल निर्वाचित हुनु भएको छ । संघको बुटवलमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनबाट ढकालको नेतृत्वमा सर्वसम्मत २३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
महाधिवेशनले आगामी तीन वर्षे कार्यकालको लागि उपाध्यक्षमा सफिर रहमान, टेक विके र डा. मिना भट्ट, महासचिवमा युवराज भूषाल, सचिवमा अजामिन ढकाल, राम धामी र सुन्दर आचार्य, कोषाध्यक्षमा शिवप्रसाद पोखरेल र सह–कोषाध्यक्षमा विनोद पन्तलाई चयन गरेको छ ।
त्यस्तै कार्यसमिति सदस्यहरुमा नविन धामी, राजेश भट्ट, ध्रुवकुमार शर्मा, खगेन्द्र घिमिरे, कबिन मलेकु, गोविन्द खत्री, दिनेश विष्ट, ओमकार अर्याल, राम प्रसाद अर्याल, लक्ष्मीकुमारी केसी, रामचन्द्र कोइरालालाई चयन गरिएको छ ।