स्वास्थ्यकर्मी संघ रुपन्देहीकाे अध्यक्षमा अर्याल

78

स्वास्थ्यकर्मी संघ रुपन्देहीकाे अध्यक्षमा अर्याल

नेपाल स्वास्थ्यकर्मी संघ रुपन्देहीकाे अध्यक्षमा घनलाल अर्याल निर्वाचित हुनुभएकाे छ । संघकाे आठाैं जिल्ला अधिवेशनबाट अर्यालकाे नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।
नवनिर्वाचित कार्यसमितिकाे उपाध्यक्षमा बालकृष्ण कंडेल, दिलमायाँ राना, केशव ढकाल, उमापति भुसाल, सुरेन्द्र दुवेदी र करुणा जाेशी खड्का, सचिवमा नन्दराम पाैडेल, काेषाध्यक्षमा रमेश रिजाल, सहसचिवमा विजयध्वज बस्नेत, सहसचिवमा विजयध्वज बस्नेत, नारायण कुवँर, विन्दु अर्याल सहित २६ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएकाे हाे ।

अधिवेशनमा काँग्रेस नेता, पूर्वमन्त्री भरतकुमार शाहले स्वास्थ्य क्षेत्रमा भएका समस्या र स्वयम् स्वास्थ्यकर्मीका समस्या समाधानकाे लागि संघले नेतृत्वदायी भूमिका खेल्नुपर्ने भनाई राख्नुभयाे । उहाँले संघले उठाएका समस्या समाधानकाे लागि आफ्नाे ठाउबाट पहल गर्ने बताउनु भयाे ।
त्यस्तै नेपाली काँग्रेस रुपन्देहीका सभापति एवम् तिलाेत्तमाका नगरप्रमुख रामकृष्ण खाँणले संघले उठान गरेका स्वास्थ्यकर्मी र स्वास्थ्य क्षत्रका समस्या समाधानकाे लागि पार्टीले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयाे ।

संघका अध्यक्ष रामप्रसाद ढकालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा ट्रेड युनियनका नेता काजिमान श्रेष्ठ, नेपाल स्वास्थ्यकर्मी संघ लुम्बिनी प्रदेश संयाेजक नमनारायण वेलवासे, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पाेख्रेल, नेपाल स्वास्थ्यकर्मी संघका केन्द्रीय सदस्य तथा रुपन्देहीका निवर्तमान अध्यक्ष विश्वबनदु विनयी, नेपाल ट्रेड युनियन काँग्रेस रुपन्देहीका अध्यक्ष ओमप्रकाश चाैधरी, नेपाल निजामति कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डे, राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मी संगठनका अध्यक्ष ज्ञानप्रसाद पाैडेल, नेपाल स्वास्थ्य प्राविधिक संघ रुपन्देहीका अध्यक्ष बुद्धिबहादुर घर्ती, राष्ट्रिय स्वास्थ्यकर्मी संगठन रुपन्देहीका अध्यक्ष रामेश्वर ढकाल लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।