बेल्जियममा शरणार्थी आवेदकहरुको संख्या १५ वर्षकै उच्च

1.3K

बेल्जियममा शरणार्थी आवेदकहरुको संख्या १५ वर्षकै उच्च

सन्तोष न्यौपाने
ब्रसेल्स/बेल्जियम

पछिल्लो १५ वर्षको अवधिमा गत वर्ष बेल्जियममा शरणार्थी आवेदन गर्नेहरुको संख्यामा अत्यधिक मात्रामा वृद्धि भयको छ | सन् २००० पछि अहिलेसम्मकै उच्च २०१५मा भयको शरणार्थीदर्ता गर्ने सस्था फेडासिलले जनायको छ |सन् २००० मा यहा सबै भन्दा धेरैले शरणार्थी माग गरेर शरण लियका थिय | उक्त वर्ष ४२ हजार ६ सय ९२ जनाले बेल्जियममा शरण माग गर्दै शरणार्थीको रुपमा आफुलाई दर्ज गरायका थिय |त्यसपछि गत वर्ष सवैभन्दा बढी अर्थात् ३१ हजार २ सय ७५ जनाले शरण माग गरे |

सन् २००० र २००१ पछि अहिले बेल्जियममा शरणार्थीको संख्या हवात्तै बढेपछि बेल्जियम सरकारलाई ब्यबस्थापनको लागि धौ धौ परिरहेको छ | कतिपय शरणार्थीहरु बाटोमा रात बिताउन बाध्य भयका छन भने कतिपयलाई बेल्जियम सरकारले होटेलमा ब्यबस्थापन गरेको छ |

बेल्जियममा शरण माग गर्नेहरुको संख्यामा एसियन मुलुकहरुबाट सबै भन्दा बढी अफगानिस्तानका रहेका छन |जसमा गत साल मात्रै अफगानी ५१४४ नागरिकहरुले बेल्जियममा शरण लियका छन | त्यस्तै गरेर पहिलोमा इराक र दोस्रोमा सिरियाली नागरिकहरु रहेको फेडासिलले लुम्बिनी अन्लाइनलाइ जानकारी दियको छ | यी देश बाहेक शिर्ष १० देशहरुमा सोमालिया ,रसिया,गिनी.कंगो.अल्बानिया ,कोसोभो र देशकै नाम नखुलेका देसका नागरिकहरु रहेका छन |

नतिजा
गत वर्ष बेल्जियम सरकारले १५ हजार १ सय ९७ जनाको आवेदकको डिसिजन दियको छ |जसमा सबैभन्दा धेरै सिरियाली नागरिकहरु रहेका छन | २ हजार २ सय१७ सिरियाली नागरिकहरुको आवेदनको नतिजा दिईयकोमा २हजर १ जनाले बेल्जियममा स्थाई बसोबासको लागि अनुमति पायका छन |त्यस्तै गरेर शिर्ष १० देशहरुमा दोस्रोमा देश पहिचान नहुनेहरु ,तेस्रोमा एरित्रेइअ ,चौथोमा इराक पाचौमा अफगानिस्तान ,छैठौमा गिनी .सातौमा इरान ,आठौमा सोमालिया ,नवौमा रसिया र दसौमा चीनका नागरिकहरुले स्थाई बसोबासका लागि अनुमति पायका हुन् | यो गत वर्ष २०१४ को तुलनामा केहि बढी रहेको छ | १४ मा मात्रै १३ हजार १३२ फाइलको नतिजा दियकोमा ६ हजार १ सय ४६ जनाले मात्र स्थाई बसोबासको अनुमति अर्थात् सकारात्मक नतिजा प्राप्त गरेका थिय |

नेपालीको अवस्था

अर्कोतर्फ बेल्जियममा शरण गर्ने नेपालीहरुको संख्यामा केहि कमि आयको छ | विगतमा शरणार्थी आवेदन गर्दै यहा नेपालीहरुको संख्या केहि वृद्धि भयको थियो | गत वर्ष २०१५मा मात्र जम्मा ६३ जना नेपालीले देशको समस्या देखाउदै बेल्जियम सरकारसंग शरण माग गरेका थिय | तर यो संख्या सन् २०१४को तुलनामा भने केहि बढी रहेको छ |

विगत शसत्र द्वन्द पछि नेपालीहरु यूरोपियन देशहरुमा शरण लिने क्रम बढेको थियो | बेल्जियममा शरणार्थी सम्बन्धि कार्य गर्दै आयको सस्था फेडासिलले दियको जानकारी अनुसार सन् २००८ देखि सन् २०१५ सम्ममा जम्मा १ हजार ६६ जना नेपालीहरुले बेल्जियममा शरणको माग गरेका थिय | जसमा कमैले मात्रै स्थाई बसोबासको अनुमति प्राप्त गरेका छन |

फेडासिलको जानकारी अनुसार अहिले सम्म सबै भन्दा बढी सन् २०११मा धेरै नेपालीहरु ४ सय ३ जनाले बेल्जियममा शरणार्थी आवेदन गरेका थिय | त्यस्तै गरेर २०१२मा २सय २२ ,२०१०मा २ सय ३ जना रहेका छन | सन् २०१४मा सबैभन्दा कम अर्थात् १४ जना नेपालीहरुले मात्रै शरण पाउ भनी आवेदन दियका हुन् |उक्त सस्थाका अनुसार क्रमस सन् २००८मा ३९.२००९मा ६५,सन् २०१३मा ५३ जना नेपालीहरुले देशको विविध समस्या दर्साउदै आवेदन दियका थिय |

refugee final decesion top10 decesion asy aylum