आज र भाेली बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईँदै

1.3K

आज र भाेली बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईँदै

आज र भाेली पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईँदै छ । सरकारले आज बुधबार र भाेली बिहिबार ६ देखि ५९ महिनाका बालबालिकालाई भिटामिन ए र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन लागेकाे हाे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन अभिभावकहरुलाई आग्रह गरेको छ । आज छुटेकाहरुलाई भोलि वैशाख ७ गते खुवाउन सकिने छ ।
बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ भने २०५६ बाट जुकाकाे औषधि खुवाउन थालेको हो ।