रगत नि:शुल्क हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

37

रगत नि:शुल्क हुनुपर्छ : प्रदेश प्रमुख शेरचन

लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचनले रगत नि:शुल्क हुनुपर्ने बताउनु भएकाे छ । उहाँले रगतमा मूल्य लिनु गलत भएकाे पनि बताउनु भयाे । सर्वसाधारणले नि:शुल्क दान गरेको रगत नि:शुल्क प्राप्त गर्ने व्यवस्था मिलाउन सरकारकाे ध्यानाकर्षण गराउनु भयाे ।
नेपाल स्वयमसेवी रक्तदाता समाजकाे चौथो राष्ट्रिय महाधिवेशनकाे शनिबार बुटवलमा उद्घाटन गर्दै निःशुल्क रगतलाई पैसा कमाउने रुपमा विकास हुनु गलत भएको बताउनु भयाे । त्यसै अवसरमा यहाँले “हाम्रो रगत” पुस्तक बिमोचन र “हाम्रो रगत” गित सार्वजनिक गर्नुभयाे ।
कार्यक्रममा बाेल्दै समाजका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले प्रत्येक स्वस्थ्य ब्यक्तिले रक्तदान गर्नु सामाजिक दायित्व तथा कर्तव्य भएकाे र  निशुल्क रगत पाउनु नैसर्गिक अधिकार भएकाे बताउनु भयाे ।
कार्यक्रममा बालरोग विशेषज्ञ तथा चिकित्सक संघ रुपन्देहीका सचिव डा.सन्तोष पोखरेलले रगतकाे व्यवस्थापनकाे लागि समयअनुसार नया मेशिनहरु भित्र्याउनु पर्नेमा जाेड दिनु भयाे ।
समाजका केन्द्रीय उपाध्यक्ष ध्रुव थपलियाले निशुल्क रगतको अभियान गाउंगाउंमा पुर्याउन सकिने बताउदै सरकार यस बिषयमा चासो नदिदा बिरामीहरु पीडित हुनुपरेका दुखेसो व्यक्त गर्नु भयाे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष रामराज पोख्रेलले स्वास्थ्य र शिक्षा क्षेत्रमा बढेको व्यापारिकरणको प्रवृत्ति रोक्न सरकारको पहल जरुरी रहेको बताउनु भयाे ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका सभापति दिपक थापा (क्षेत्री) ले ३१ हजार पिन्ट यो वर्ष रगत वितरण गरेको बताउदै रुपन्देही जिल्लाका १४ पालिकाहरुमा सम्झौता अनुसार परिचयपत्रका आधारमा निशुल्क रगत दिने काम शुरु गरेको जानकारी गराउनु भयाे ।
कार्यक्रममा पुर्व स्वस्थ्यमन्त्री तथा प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठ, प्रदेश सभा सदस्य जमुना ढकाल, बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रा अर्याल, त्रिभुवन विश्वविद्यालयका प्राध्यापक पुर्व सभासद भिक्षु आनन्द, लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष अजयमान श्रेष्ठ, बुटवल उद्याेग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष एवं नेपाल उद्याेग वाणिज्य महासंघका सदस्य उज्ज्वलप्रसाद कसजुले रक्तदान जस्तो पुण्य अभियान सरकारबाट गरिनुपर्ने काम एउटा संस्थाबाट चलाएर समाज रुपान्तरणमा सहयोग गरेको भनाई राख्नु भयाे ।
महाधिवेशनका संयोजक कृष्ण चौहान क्षेत्रीले २०६२ सालमा स्थापना भएको संस्थाको चौथो महाधिवेशन काठमाण्डौ उपत्यका बाहिर पहिलाे पटक बुटवलमा गरिएको बताउनु भयाे । याे संस्थाकाे हालसम्म ३४ जिल्लामा शाखा सञ्जाल रहेकाे र महाधिवेशनमा ती शाखाबाट ९० जना सहभागी रहेकाे उहाँले जानकारी गराउनु भयाे ।