शैक्षिक क्षेत्रकाे सुधारमा सहयाेग गर्नुहाेस् : नगरप्रमुख पाण्डे

1.3K

शैक्षिक क्षेत्रकाे सुधारमा सहयाेग गर्नुहाेस् : नगरप्रमुख पाण्डे

बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेले शैक्षिक सुधारमा शिक्षा क्षेत्रमा लागेका व्यक्तिहरुकाे रचनात्मक सहयाेगकाे खाचाे ओैंल्याउनु भएकाे छ । उहाँले एउटा व्यक्तिकाे प्रयासले मात्रै शैक्षिक क्षेत्र सुधार सम्भव नभएकाे बताउदै सबैकाे साथ र सहयाेगकाे अपेक्षा व्यक्त गर्नु भयाे ।
नेपाल शिक्षक संघ बुटवल नगर समितिले आयाेजना गरेकाे क्यालेण्डर विमाेचन तथा शुभकामना आदानप्रदान कार्यक्रममा बाेल्दै उहाँले शिक्षक संघलाई नेतृत्वदायी भूमिका खेल्न आग्रह गर्नुभयाे ।