बेल्जियम वस्दै आयका एक नेपालि नेपालमा पक्राउ

बेल्जियम वस्दै आयका  एक नेपालि नेपालमा पक्राउ

 २५ पुस, काठमाडौं

विगत लामो समयदेखि बेल्जियममा बस्दै आयका एक नेपालीलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पक्राउ गरेको छ | उनि अहिले नेपाल विदामा गयको मौका परेर पक्राउ गरियको बुझियको छ |

पूर्व युवराज पारस साहको सहीछाप प्रयोग गरेर धम्काउँदै पैसा असुल गरेर फरार रहेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्रउ पर्नेमा ३२ वर्षीय सुशील न्यौपाने रहेका छन् । विगत ९ वर्षदेखि फरार रहेका न्यौपाने भक्तपुरको दुवाकोटबाट शुक्रबार पक्राउ परेका हुन् ।

न्यौपानोले पूर्व युवराज पारस शाहको सहीछाप र तत्कालिन युवारजको कार्यालयको छाप किर्ते गरी सुधिकार कुमार रेग्मीलाई धम्काएर १५ लाख रुपैयाँ असुल गरेका थिए । उनले रेग्मीलाई उक्त रकम इन्भेस्टमेन्ट बैंकको खातामा जम्मा गर्न लगाएका थिए । रेग्मीको उजुरीको आधारमा फैसला गर्दै काठमाडौं जिल्ला अदालतले अदालतले ठगी र किर्ते कागजातको महल बमोजिम न्यौपानेलाई २ वर्ष २ महिना कैद र १५ लाख रुपैयाँ जरिवानाको सजाय सुनाएको थियो । तर, उनी कैद र जरिवना भुक्तानी नगरी फरार रहेका थिए ।

केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले न्यौपानेलाई यही शुक्रबार दुवाकोट भक्तपुरबाट पक्राउ गरी अदालतमा पेश गरेको थियो ।काठमाडौं जिल्ला अदालतको आदेशले उनलाई केन्द्रीय कारागार कार्यालय काठमाडौं पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।

साभार : अनलाइन खबर/रातोपाटी /केन्द्रीय अनुसन्धान ब्यूरोको वेव साइट

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •