स्वस्थ्य जीवनका लागि योग

1.3K

स्वस्थ्य जीवनका लागि योग

विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल राधाकृष्ण योग साधना केन्द्र बुटवलको पहिलो साधारण सभा भएको छ । साधारण सभामा बोल्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले योग तथा ध्यानलाई आफ्नो जीवनशैली बनाउन सके स्वस्थ्य जीवनका लागि फलदायी हुने बताउनु भयो ।
कार्यक्रममा विश्व शान्ति तथा अध्यात्म विज्ञान समाज नेपाल राधाकृष्ण योग साधना केन्द्र बुटवलका संस्थापक तथा योग प्रशिक्षक अमुल्यमान थैवले प्रतिवेदन प्रस्तुत गर्दै यो एक वर्षको विचमा निरन्तर निशुल्क याेग प्रशिक्षण हुँदै आएको जानकारी गराउनु भयो । ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय बुटवलकी कमला दिदीले पनि स्वास्थ्य जीवनका लागि योग तथा ध्यानमा जोड दिनुभयो । त्यस्तै बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले स्वस्थ्य जीवनयापनको लागि योगको धेरै महत्व रहेको बताउनु भयो ।
कार्यक्रममा समाजसेवी ईरादेवी थैव, ज्ञानु लिगल, रीता कार्की लगायतले भनाई राख्नु भएको थियो ।
साधारण सभाले कमला मल्लको अध्यक्षतामा ११ सदस्ययी व्यवस्थापन समिति गठन गरिएको छ । कार्यक्रम सल्लाहकार विन्दिया थैवकाे सञ्चालनमा भएकाे थियाे ।