बेल्जियममा ४० औ राष्ट्रिय मेलमिलाप दिवसको आयोजना

1.1K

बेल्जियममा ४० औ राष्ट्रिय मेलमिलाप दिवसको आयोजना

ब्रसेल्स/बेल्जियम
पुष २५

नेपालि कांग्रेसले सुरु गरेको रास्ट्रिय मेलमिलाप दिवस अहिले ४०औ वर्षमा प्रवेश गरेको छ | यो अवसरमा नेपाल देखि प्रवासमा रहेका नेपाली कांग्रेस र भात्रीसंगठनहरुले विशेष कार्यक्रम गर्दै आयका छन | सोहि अवसरमा बेलायतमा मेलमिलाप दिवस कार्यक्रम भब्य रुपले सम्पन्न भैसकेको छ | यूरोप भरिका कांग्रेसीजनहरुको उल्लेखनीय सहभागिता रहेको थियो |

यसै कर्ममा बेल्जियममा ४० औ राष्ट्रिय मेलमिलाप दिवसको आयोजना गरिएको छ । कार्यक्रम यहि सोमवार दिनको १ बजे लुभेनमा सम्पन्न हुदैछ । कार्यक्रम सम्पन्न गर्नको लागी नेपाली काग्रेस महासमिति सदस्य इन्द्र क्षेत्री पकवानको संयोजकत्वमा आयोजक समिति समेत गठन गरिएको छ ।कार्यक्रममा सहभागिताको लागी बेल्जियम स्थित सम्पूर्ण संघ सस्थाका प्रतिनिधिहरु/सबै नेपालीहरुलाई  आव्हान गरिएको छ ।

बेल्जियममा विगत केहि वर्ष अघिदेखि जनसम्पर्क समिति संचालनमा आयको छ | बेल्जियम स्थित ६ सय बेसी क्रियासिल सदस्य रहेको नेपाली कांग्रेसको भात्री संगठन समिति बेल्जियममै राजनैतिक सस्थामा अग्रपंक्तिमा रहिआयको छ |समितिले अहिलेसम्म नेपाली कांग्रेसका नेताहरु बेल्जियम आउदा घुमफिर गराउने,नेपालमा पार्टीलाई विशेष सहयोग गर्ने कार्यहरु गर्दै आयको छ |

कार्यक्रम हुने स्थान र समय
सोमबार ११ जनवरी २०१६
समय : दिउसोको १ बजे
स्थान : टेष्ट उफ एशिया – लुवेन brusselsstraat 42,3000 leuven