गायिका देविका वन्दनाको पुस्तक ‘जित्नेको हाँसो’ : क्यान्सर विरामीको लागि प्रेरणा

1.3K

गायिका देविका वन्दनाको पुस्तक ‘जित्नेको हाँसो’ : क्यान्सर विरामीको लागि प्रेरणा

गायिका देविका बन्दनाको संस्मरण पुस्तक ‘जित्नेको हाँसो’ क्यान्सर विरामीका लागि एउटा प्रेरणाको स्रोत रहेको त्यसका विश्लेषकहरुले बताएका छन् । शनिबार बुटवलमा आयोजना गरिएको पुस्तकको समिक्षा कार्यक्रममा बोल्ने समिक्षकहरुले पुस्तकमा क्यान्सरसंग सम्बन्धित कुराहरु समेटिएको र अझै प्ररणादयी रहेको बताएका थिए ।
पस्तकका समिक्षक लुम्बिनी वाङ्मय प्रतिष्ठानका ऋषि आजादले पुस्तक क्यान्सरको औषधीको रुपमा आएको भनाई राख्नुभयो ।
गायन यात्राको तीन दशकको अवधिमा १ हजार बढी गित गाउनु भएकी देविका बन्दनाले आफू क्यान्सरसंग लड्दै गर्दा पनि गायन नरोकिएको बताउँदै क्यान्सरलाई जित्नको लागि सबैभन्दा ठूलो आत्मवल जरुरी रहेको भनाई राख्नुभयो ।
बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष जीवनप्रसाद वझाले पुस्तकले क्यान्सरका विरामीलाई प्रेरणा प्रदान गरेको बताउनु भयो ।
पुस्तकका लेखक चिरन बरालले आत्मविश्वास बढाउन सक्ने हो भने क्यान्सर जस्तो जटिल रोगलाई पनि जित्न सकिन्छ भन्ने कुरा पुस्तकमा समेतटिएको भनाई राख्नुभयो ।
गायिका देविका बन्दनाले जीत्नेको हाँसोको अंग्रेजी अनुवाद ‘वीनर्स गेल’ पनि संगसंगै ल्याउनु भएको छ । उक्त पुस्तकको माधव पौडलले अनुवाद गर्नुभएको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष विश्वास ढकाल, क्यान्सरसंग लडेर जितेकी यानिक राना लगायतले भनाई राख्नुभएको थियो ।