मधेसी मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक

मधेसी मोर्चाद्वारा थप आन्दोलनका कार्यक्रम सार्वजनिक

काठमाडौं/संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सीमा क्षेत्रमा जारी धर्नालाई निरन्तरता दिनेसहित आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको छ।मोर्चाको तीन दिनसम्म चलेको बैठकले सरकार आफ्नो माग सम्बोधनका लागि गम्भीर नदेखिएको निष्कर्षसहित सीमा क्षेत्रको धर्नालाई निरन्तरता दिइ माघ ७ गतेसम्मका लागि आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गरेको हो।बैठकपछि मोर्चाले शनिबार अपरान्ह संघीय समाजवादी फोरम नेपालको कार्यालयमा पत्रकार सम्मेलन गरेर पुस २८ गते जिल्ला सदरमुकामहरुमा जुलुस प्रदर्शन तथा सभा गर्ने, पुस ३० गते जिल्ला सदरमुकाम तथा प्रमुख शहरहरुमा आन्दोलनमा भएको प्रहरी दमन सम्बन्धी फोटो र चित्र प्रदर्शनी गर्ने बताएको छ।घोषित कार्यक्रम अनुसार माघ २ गते जिल्ला सदरमुकामहरुमा लाठी जुलुस तथा माघ ४ गते मसाल जुलुस प्रदर्शन गरिने छ भने माघ ५ गतेको दिनलाई बलिदानी दिवसका रुपमा मनाइने छ। मोर्चाका तर्फबाट संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूहरुले उठाएका माग सम्बोधन गर्ने विषयमा सरकारले ठोस कार्यक्रम नल्याएकाले आफूहरुले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको बताए।उनले आन्दोलनका कार्यक्रम घोषणा गरेपनि सरकारसँगको वार्ताबाट नभाग्ने बताए।मोर्चाले संसद्मा पेश गरिएको संविधानको पहिलो संशोधन विधेयकले आफूहरुको माग सम्बोधन नहुने बताएको छ। मधेशी, आदिवासी जनजाति, थारु, मुस्लिम, दलित लगायतका समुदायले उठाएका मुद्दा सम्बोधनका लागि विधेयक परिमार्जन गरिनुपर्ने मोर्चाको भनाइ छ। विधेयकलाई हुबहु पारित गरिए  आफूहरुलाई मान्य नहुने मोर्चाका नेताहरुले बताएका छन्।

Share This
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •