बेल्जियममा वैधानिक रुपमा बस्ने नेपालीहरुको संख्या झन्डै ३ हजार ( डाटा सहित )

887

बेल्जियममा वैधानिक रुपमा बस्ने नेपालीहरुको संख्या झन्डै ३ हजार ( डाटा सहित )

सन्तोष न्यौपाने
ब्रसेल्स/बेल्जियम

केहि समय अघि एन आर एन बेल्जियमले नेपालीको डाटा निकाल्ने भनेर सूचना जारि गरेको थियो | सूचना अनुरुप कार्य गर्दै गर्दा यूरोप भरिकै सबै डाटा राख्ने यूरो स्टाटले बेल्जियममा नेपालीहरु वैधानिक रुपमा कति बस्छन भन्ने तथ्यांक निकालेको छ | तथ्यांक अनुसार अहिले बेल्जियममा वैधानिक रुपमा बस्ने नेपालीहरुको संख्या २ हजार ८ सय ३७ रहेको छ | यो संख्या यहा बस्ने बालबालिका देखि वयस्क सम्मको गणना रहेको छ |

अर्कोतर्फ बेल्जियम बस्ने नेपालीहरुको संख्यामा पहिला भन्दा केहि कमि आयको छ | यूरोस्टाट ले दियको डाटा अनुसार सन् २०१३ सम्ममा बेल्जियम बस्ने नेपालीहरुको संख्या भन्दा २०१४मा कमि देखियको हो | सन् २०१३मा ३ हजार ६ जना नेपालीहरु बसोबास गरिरहेको अवस्थामा घटेर २ हजार ८ सय ३७ पुगेको छ | यूरोस्टाटले गत वर्षको डाटा अझै सम्म निकालेको छैन |

उक्त डाटा अनुसार सन् २००९मा १ हजार १ सय २९ जना नेपालीहरु बेल्जियम बसोबास गरिरहेको तथ्यांकले देखायको छ | त्यस्तै गरेर क्रमस २०१० मा बढेर १ हजार ४ सय २४ पुगेका थिय | वृद्धिको क्रम सन् २०१३ सम्म जारी रहेको थियो | सन् २०११ मा २ हजार ३ सय २८ र सन् २०१२मा २ हजार ८ सय १८ नेपालीहरुको बेल्जियममा बसोबास रहेको थियो |

त्यस्तै गरेर अर्कोतर्फ लुभेन स्थित क्याथोलिक युनिभर्सिटीको डाटा अनुसार गत वर्षको अन्तसम्म बेल्जियममा १२ लाख ५५ हजार २ सय ८६ विदेसी नागरिकहरु बसोबास गरिरहेका छन | गत वर्षको तुलनामा यो ४१ हजारले वृद्धि भयको हो |सन् २०००मा ८ लाख ९७ हजार ११० जना मात्रै विदेसी नागरिकहरु रहेका थिय |

लुभेन स्थित क्याथोलिक युनिभर्सिटीले प्रत्यक ३ ३ वर्षमा अनुसन्धानात्मक तथ्यांक निकाल्दै आइरहेको छ | तथ्यांक अनुसार बेल्जियममा सबै भन्दा बढी नेदर्ल्यान्ड़का नागरिकहरु बसोबास गरिरहेका छन | उनीहरुको संख्या १ लाख ३३ हजार ४३ रहेको छ | त्यस्तै गरेर क्रमस दोस्रोमा पोल्याण्ड .तेस्रोमा मरोक्को .चौथोमा इटाली .पाचौमा रोमानिया.छैठौमा फ्रान्स,सातौ तुर्की .आठौ स्पेन .नवौ बुल्गेरिया र अन्तिममा पोर्चुगलका नागरिकहरु रहेका छन | सबै संख्याहरू चार्टमा हेर्न सक्नुहुनेछ |

त्यस्तै गरेर यूरोपियन देशहरु बाहेकका देशहरुमा सबैभन्दा बढी अर्थात् शिर्ष १० मध्य अग्रपंक्तिमा मरोक्कोका रहेका छन | उनीहरुको संख्या २७ हजार ९ सय ५० रहेको तथ्यांकले देखायको छ | त्यस्तै गरेर तुर्की १८ हजार ५ सय २७, रसिया ७ हजार ४ सय ३३.अफगानिस्तान ६ हजार ४ सय २२ ,चिन ६ हजार २ सय १४, भारत ६ हजार ७८,कंगो ५०८२ ,इराक ४ हजार ७ सय १४,अमेरिका ४ हजार २ सय ३ र अर्मेनियाका ३ हजार ९ सय २१ नागरिकहरु वसोवास गरिरहेका छन |

ujyaalo

ujyalo2