बजार बिक्रि प्रतिनिधि संघकाे स्थापना दिवसमा रक्तदान

1.3K

बजार बिक्रि प्रतिनिधि संघकाे स्थापना दिवसमा रक्तदान

नेपाल बजार बिक्रि प्रतिनिधि संघकाे स्थापना दिवसमा बुटवलमा रक्तदान कार्यक्रम गरिएकाे छ । संघकाे २३ औं स्थापना दिवसकाे अवसरमा नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनी इकाई कमिटिले बुधबार रक्तसञ्चार सेवा केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरेकाे हाे ।
कार्यक्रममा ६१ जनाले रक्तदान गरेकाे संघका सचिव जीवन घिमेरेले जानकारी गराउनु भयाे । कार्यक्रममा बाेल्दै नेपाल चम्बर अफ कमर्शका लुम्बिनी प्रदेश अध्यक्ष टंकप्रसाद पाेखरेलले संस्थाकाे स्थापना दिवसमा रक्तदान जस्ताे पवित्र काम गरेर अरुलाई पनि राम्राे सन्देश दिएकाे भनाई राख्नु भयाे ।
त्यस्तै नेपाल स्वयमसेवी रक्तदाता समाजका केन्द्रीय महासचिव कृष्ण चाैहानले रगतकाे परिपुर्तीमा बुटवलले देशभरी नै सकारात्मक सन्देश दिएकाे बताउँदै छिमेकी अरु शहरहरुमा पनि रगत पठाउन सकिएकाे र रगत नपाए बुटवललाई सम्झिने स्थिती बनेकाे भनाई राख्नुभयाे । उहाँले व्यवस्थापनमा ध्यान दिन सकियाे भने अब बुटवलमा रगतकाे अभाव नहुने बताउनु भयाे ।

नेपाल बजार बिक्रि प्रतिनिधि संघ लुम्बिनी इकाई कमिटि अध्यक्ष विश्वमणी भुसालकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपाल, पत्रकार दामाेदर खनाल, संघका केन्द्रीय उपाध्यक्ष बाबुराम भुसाल, उपमहासचिव सुमन घिमिरे, संयाेजक राम भणडारी लगायतले शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।