तराईमा गर्मी अत्यधिक बढेपछि लायन्स क्लव अफ बुटवल स्मार्ट सिटीले बुटवलकाे सार्वजनिक स्थलमा चिसाे पानी वितरण गरेकाे छ । क्लवले शनिबार बुटवल उपमहानगरपालिका वडा नं. ५ हाटबजारमा चिसाे पिउने पानी वितरण गरेकाे हाे ।
कार्यक्रममा बाेल्दै युवा समाजसेवी सफल व्यवसायी रमेश लम्सालले राज्यले गर्ने काम गरेर क्लवले राम्राे काम गरेकामा प्रशंसा गर्नुभयाे । राष्ट्रिय स्वतन्त्र पार्टी रुपन्देही क्षत्र नं. २ का उम्मेद्वार समेत रहनु भएका लम्सालले नागरिकसंग प्रत्यक्ष जाेडिएका विषयमा गम्भीर बन्न स्थानीय सरकारलाई आग्रह गर्नु भयाे ।
क्लवका अध्यक्ष जितबहादुर रानाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लायन्स रिजन चियर प्रसन विनेशशमान बज्राचार्य, संस्थापक अध्यक्ष सुरेन्द्रमान भारी, सचिव प्रकाश खनाल, कार्यक्रम संयाेजक डिल्लीराज ढकाल लगायतले भनाई राख्नु भएकाे थियाे ।