शान्तिका साथी शिक्षकहरु पुरष्कृत

34

शान्तिका साथी शिक्षकहरु पुरष्कृत

रुपन्देहीको तिलोत्तमा–५ मणिग्राममा रहेको शान्ति नमुना माध्यमिक विद्यालयका साथी शिक्षकको रुपमा योगदान पु¥याउने विद्यार्थीहरुलाई पुरष्कृत गरिएको छ ।
कक्षा ६ देखि ८ सम्म अध्ययनरत कमजोर सिकाई भएका विद्यार्थीहरुलाई सोही कक्षामा अध्ययनरत विद्यार्थीहरुले साथी शिक्षकको रुपमा सिकाईमा मद्धत गरेर उत्तीर्ण बनाउन सफल भएका थिए । शैक्षिक सत्र २०७९ मा योगदान दिने करीव १ सय ५० जना विद्यार्थीहरुलाई प्रोत्साहन स्वरुप शैक्षिक सामाग्री सहित पुरष्कृत गरिएको हो ।
निम्न माध्यमिक तहका संयोजक मोहन पौड्यालको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक कुलप्रसाद लामिछानेले साथी शिक्षक मार्फत सिकाईमा सहजिकरण गर्नका लागि कार्यक्रम सञ्चालन गरिएको र यसले सिकाइ प्रक्रियालाई सहजता थपेको बताउनुभयो ।
पुरस्कार वितरण कार्यक्रमको सञ्चालन शिक्षक दिनेश खड्काले गर्नुभएको थियो भने विद्यार्थीहरुले आफ्नो विभिन्न कला समेत प्रदर्शन गरेका थिए । शान्ति नमुनामा २०७६ सालदेखि निरन्तर रुपमा साथी शिक्षक सहायता कार्यक्रम चलिरहेको छ ।