रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्ने

1.3K

रुपन्देहीको तिलोत्तमामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्ने

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्ने भएको छ । युवा व्यवसायी विनोद कुवरको स्वामित्वमा रहेको एक्स्ट्राटेक ओभल प्रालिको लगानीमा तिलोत्तमा नगरपालिका वडा नं १७ दरखसवामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदान बन्न लागेको हो ।
उक्त क्रिकेट रंगशालाको सोमबार तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले शिलान्यास गर्नुभयो । रंगशालाको उद्घाटन गर्दै नगरप्रमुख खाँण तिमोत्तमा नगरपालिका भित्र अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला बन्दा त्यसका माध्यमबाट नगरपालिकाको मात्रै नभएर समग्र जिल्लाकाे बहुआयामिक विकास हुने विश्वास व्यक्त गर्नुभयो । रंगशालाको निर्माणमा नगरपालिकाको पूर्ण सहयोग रहने प्रतिवद्धता व्यक्त गर्दै उहाँले ठूलो परियोजना भएकाले संघीय सरकार र प्रदेश सरकारले पनि सहयोग गर्नुपर्ने भनाई राख्नुभयो ।

रंगशाला निर्माणको लागि दुई वर्ष अगाडिदेखि जग्गा खरिद प्रक्रिया अगाडि बढाएको थियो। पीन पाँच बिगाहा जग्गा किनेर मैदान निर्माण प्रकृपा अगाडि बढाएको छ भने थप जग्गा खरिदको प्रक्रियामा रहेको एक्स्ट्राटेक ओभल प्राणिका निर्देशक विनोद कुवरले जानकारी गराउनु भयो ।
उहाँका अनुसार पहिलो वर्ष मैदान सहित ५ हजार दर्शक क्षमताको रंगशाला निर्माण गरिने छ। ४ वर्ष भित्र २५ हजार दर्शक क्षमताको रंगशाला निर्माणको लक्ष्य लिईएको छ भने प्रत्येक वर्ष ५ हजार दर्शक क्षमता थप गर्दै जाने उहाँले बताउनु भयो । यसको निर्माण सम्पन्न हुँदा सम्म ४० करोड रुपैया लागत अनुमान गरिएको चिफ अपरेटिङ अफिसर सुदिक्षा गौतमले बताउनु भयो ।

एक्स्ट्राटेक अष्ट्रेलियाकाे सिनीमा रहेको ट्रेनिङ इन्सिच्युट हो । सिड्नीमा यो कार्यालयमा १५ जना कर्मचारी कार्यरत छन् भने क्यानवेरा, मनवर्नमा फन्चाई रहेको निर्देशक कुवरले बताउनु भयो । त्यस्तै काठमाण्डौमा यसको शाखा छ । यही कम्पनीले तिलाेत्तमामा क्रिकेट रंगशाला निर्माण गर्न लागेको हो ।
पूर्व राष्ट्रिय क्रिकेट खेलाडि शाक्त गौचनलाई एक्स्ट्राटेक क्रिकेट मैदानको ब्राण्ड एम्बेस्डर नियुक्त गरिएको छ। एक्स्ट्राटेक क्रिकेट रंगशालामा चार तले भवन निर्माण गरिने छ जसमा होस्टल सहितको एकडेमी र तालिम केन्द्र हुनेछ। पूर्व राष्ट्रिय क्रिकेट खेलाडि शक्ती गाैचनलाई यसको जिम्मेवारी दिईएको हो ।
त्यस्तै युएईमा लामो समय यसका माधव पाठक बुधावीका रोख जायद अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको क्यूरेटरको जिम्मेवारीमा हुनुहुन्थ्यो। यहाँ पनि उहाँलाई क्युरेटरकाे भूमिका राखिएको छ।

कार्यक्रममा तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी देवी चौधरी, सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेले रंगशाला निर्माणमा दुवै नगरपालिकाको पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले तिलोत्तमामा सुरु भएको क्रिकेट रंगशाला निर्माण परियोजना प्रदेशको खेलकुद क्षेत्रको विकासमा एउटा कोसे ढुंगा बन्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै एन्फा सदस्य तथा ओलम्पिक कमिटिका सदस्य दीर्घबहादुर (कुमार) केसीले क्रिकेट रंगशालाको निर्माणले खेल पर्यटनमा योगदान गर्ने बताउनु भयो ।