यूरोप बस्ने नेपालीहरुको संख्या ६२ हजार बेसी , नागरिकता त्याग्ने २१ हजार

1.3K

यूरोप बस्ने नेपालीहरुको संख्या ६२ हजार बेसी , नागरिकता त्याग्ने २१ हजार

सन्तोष न्यौपाने
ब्रसेल्स /बेल्जियम

विगत ३५ वर्ष अघिदेखि यूरोपियन भूमिमा नेपालीहरुले पाइला टेकन थालेका थिय | त्यो भन्दा अघि सरकारी कामकाज बाहेक नेपालीहरु यूरोपियन भूमिमा आयर बस्ने प्रचलन कमै रहेको पाइयको छ | सन् १९९० देखि नेपालीहरु यूरोपियन भूमिमा विस्तारै आउने क्रम जारि रहयो | नेपालको शसत्र द्वन्द पछि भने यूरोप आउने नेपालीहरुको संख्या हवात्तै बढेको थियो | सन् २००० पछि नेपालीहरुको यूरोप बसाई बाक्लिदै गयको र २००४ देखि २०१३को बिचमा यूरोपका देशहरुमा शरण लिने क्रम वृद्दि भयको विभिन्न तथ्यांकहरुले देखायको छ |

नेपालीको संख्या
यूरोपभरिका देशहरुको डाटा राख्ने यूरो स्टाटले निकालेको तथ्यांक अनुसार यूरोपमा वैधानिक रुपमा बस्ने नेपालीहरुको संख्या ६२ हजार ४ सय १४ रहेको छ | यो संख्यामा विदेसी पासपोर्ट लियर बसेका नेपालीहरु भने परेका छैनन् भने डाटा सन् २०१४ सम्मको मात्रै रहेको छ | सबैभन्दा धेरै नेपालीहरु बेलायतमा रहेका छन | बेलायतमा अहिलेसम्म ३९ हजार ९ सय ८० जना रहेका छन | त्यस्तै गरेर दोस्रोमा जर्मनीमा नेपालीहरु रहेका छ्न| यूरो स्टाटले लुम्बिनी अनलाइनलाइ दियको जानकारी अनुसार त्यहा ३ हजार ६ सय ७२ जना रहेका छन भने तेस्रोमा पोर्चुगलमा ३ हजार ५ सय ४४ जना बसोबास गरिरहेका छन | पोर्चुगल पछि डेनमार्कमा बढी नेपाली रहेका छन | डेनमार्कमा अहिले २ हजार ४ सय ८९ रहेको उक्त सस्थाले जनायको छ | सबै भन्दा कम लिख्तेनस्तेइन मा जम्मा ३ जना नेपालीहरु छन | त्यस्तै गरेर कम संख्यामा क्रोसियामा ५ जना,माल्टामा ८.स्लोभेनिया मा १० र स्लोभेकियामा ११ जना नेपालीहरु वैधानिक रुपमा स्थाई रुपमा बसोबास गर्दै आयका छन |अन्य देशमा स्थाई बसोबास गर्नेहरुको डाटा अनुसार बेल्जियममा २१३१,बुल्गेरिया १८,चेक रिपब्लिक २००,इस्टोनिया ४८,आयरल्याण्ड ६१३,ग्रिस २७,स्पेन २१९७,फ्रान्स ७६४ ,इटाली १५७८,साइप्रस १८२६,लाटभिया४०,लिथुनिया २०,लक्जेम्बर्ग २४१,हंगेरी ३६,नेदरल्याण्ड 744,अस्ट्रिया ४९६,पोल्याण्ड ५६८,रोमानिया ८०,फिनल्याण्ड १८६९ ,स्विडेन ४६८,आइसल्याण्ड ४१,नर्वे ८४८ र स्विटजर्ल्याण्डमा ४२० जना नेपालीहरु स्थाई रुपमा बसोबास गरिरहेका छन |

नेपाली नागरिकता परित्याग

स्थाई रुपमा बसोबासको क्रम संगै नेपालको नागरिकता त्यागेर आफु बसेकै देशको नागरिक बन्ने क्रमपनि उत्तिकै मात्रमा रहेको छ | अहिले सम्म युरोपमा २१ हजार ४ सय ३८ जनाले नेपाली नागरिकता त्यागेर यतैको नागरिक बनेका छन | सबै भन्दा धेरै नेपालीहरुको बसोबास रहेको बेलायतमा नै सबै भन्दा धेरै नेपालीहरुले त्यहाको रातो पासपोर्ट लियका छन | अर्थात् उनीहरु बेलायती नागरिक बनेका छन | अहिलेसम्म १८ हजार ८ सय ५२ जना नेपालीहरु बेलायती नागरिक बनेको यूरो स्टाटको तथ्यांकले देखायको छ | तथ्यांक अनुसार दोस्रोमा बेल्जियममा ७०६ र तेस्रोमा जर्मनीमा ४ सय २० जनाले नेपाली नागरिकता त्यागेर त्यहाको नागरिक बनेका हुन् | यो सबै डाटामा बच्चा देखि वयस्क सम्मको संख्या रहेको छ | यूरोस्टाटका मेडिया सहयोगी बाइबाले लुम्बिनी अनलाइनलाई दियको जानकारी अनुसार सबै भन्दा कम साइप्रस र ग्रिसमा १ १ जनाले त्यहाको नागरिक बनेका छन भने हंगेरी र स्लोभेनियामा २ २ जनाले नेपाली नागरिकता त्यागेर त्यहिको पासपोर्ट लियका छन | त्यस्तै गरेर डेनमार्कमा ३२,आयरल्याण्ड २११,,स्पेन ३८,फ्रान्स ७९,इटाली १७३,लक्जेम्बर्ग७ ,नेदरल्याण्ड २२६,अस्ट्रिया २७,पोल्याण्ड १६,पोर्चुगल २७६,फिनल्याण्ड १४४,स्विडेन ७४,आइसल्याण्ड ३६,नर्बे ४४,स्विटजर्ल्याण्ड ५९ जनाले नेपाली नागरिकता त्यागेर त्यहाको नागरिक बनेका छन |

नेपालि शरणार्थी

नेपाल देखि दलालको मार्फत हुदै यूरोप छिरेका नेपालीहरु यहा आयर बिभिन्न देशहरुमा शरण लिने क्रम बढ्दो रहेको थियो | विगत केहि समय अघि बढी मात्रामा रहेको यो प्रक्रिया अहिले आयर केहि न्यून बनेको छ | यूरोपियन देशहरुको बढदो कडा कानुनले गर्दा पनि केहि हदसम्म बन्देज लगायको छ | सन् २००८ देखि २०१४ सम्ममा यूरोपियन यूनियन भित्र रहेका २८ देशहरुमा ३ हजार ८ सय ९० जना नेपालीहरुले शरण माग गरेका छन |नेपालीहरुले सबै भन्दा बढी शरण माग गर्दै आवेदन बेल्जियममा दियका थिय | बेल्जियममा मात्रै यो समयमा १ हजार ८० जनाले शरण माग गरेको यूरो स्टाटको तथ्यांकले देखायको छ |तथ्यांकका अनुसार दोस्रोमा नेदरल्यांड्समा ६ सय ७० र तेस्रोमा फ्रान्समा ५ सय १० जनाले शरण माग गर्दै शरणार्थी बनेका थिय |अहिलेसम्म सबै भन्दा कम लिथुनियामा १० जनाले मात्रै शरण माग गर्दै आवेदन दियका थिय |

शरणार्थी केसको नतिजा
यूरोपियन यूनियन भित्रका २८ देशहरुमा २०१० देखि २०१४ सम्ममा नेपालीहरुले गरेको शरणार्थी केशमा जम्मा १८१५ फाइलको नतिजा दिइयको छ | जसमा १ सय ४५ जनाले मात्रै पोसेटिभ अर्थात् सकारात्मक नतिजा प्राप्त गरेका थिय | बेल्जियममा यो अवधिमा एक जनाले पनि पोसेटिभ डिसिजन प्राप्त गर्न नसकेको तथ्यांकले देखायको छ | सबै भन्दा धेरै ८० जना नेपाली हरुले फ्रान्समा सकारात्मक नतिजा प्राप्त गर्न सफल भयका थिय |