रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेको वेष्र्टन मेगा कलेजमा बि.एच.एम. अध्ययन गर्ने विद्यार्थीले पर्रोहा परमेश्वर धाम र मुक्तिनाथ बाबा धाममा सरसफाई गर्नुको साथै भक्तजनको सेवा गरेका छन् ।
नेपालकै पहिलो स्कुटल वेस्र्टन मेगा कलेजका ति बिद्यार्थीले साउन महिनाको पहिलो सोमबार बुटवल उपमहानगरपालिका वडा नं. १३ मा नयाँगाउँमा रहेको मुक्तिनाथ बाबा धाम र सैनामैना नगरपालिका वडा नं. १ मा रहेको पर्रोहा परमेश्वर ज्योतिर्लिङ्ग धाम परिषरमा सरसफाई गर्नुको साथै त्यहाँ आएका भक्तजनलाई आवश्यक सेवा गरिएको हो ।
साउन महिनाको सोमबार शिव मन्दिरहरुमा हुने भक्तजनको चापलाई व्यवस्थित गर्न, पैदलयात्रीको सेवा तथा मन्दिर परिषरमा सरसफाईको लागि ८ गते सोमबार पाल्पा दोभान स्थित सिद्धबाबा मन्दिर, तिलोत्तमा स्थित श्रृङ्गेश्वर बाबा धाम तथा १५ गते सोमबारका दिन देवदहको खैरेनीस्थित लोकेश्वर बाबा धाम र भैरहवा स्थित शिव मन्दिरमा सेवा गर्ने तय गरिएको कलेजका प्राचार्य अधिवक्ता किशु शर्माले जानकारी गराउनु भयो ।
बिद्यार्थीलाई शैक्षिक ज्ञानसंगै व्यवहारिक ज्ञान र सामाजिक जिम्मेवारी बोध गराउनको लागि यस्ता कार्यक्रमलाई प्राथमिकता दिईएको उहाँले बताउनु भयो । कलेजका अतिरिक्त कृयाकलाप प्रमुख सौगात लामिछानेको संयोजनमा भएको उक्त कार्यक्रममा कलेजमा कार्यरत शिक्षक, कर्मचारी तथा बि.एच.एम. अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । कलेजमा स्नातक तहमा बि.एच.एम. र स्नातकोत्तर तहमा एम.बि.ए. अध्ययन अध्यापन हुने उक्त कलेजमा वर्ष २०८० को लागि भर्ना खुलेको पनि प्राचार्य शर्माले जानकारी गराउनु भयो ।