पक्लिहवा कृषि क्याम्पसमा विपिको शालिक अनावरण

1.3K

पक्लिहवा कृषि क्याम्पसमा विपिको शालिक अनावरण

रुपन्देहीको पक्लिहवा कृषि क्याम्पसमा महामानव विपि कोईरालाको शालिक अनावरण गरिएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १ मा रहेको पकिलहवा क्याम्पस (विपि पार्क) मा नेपाल विद्यार्थी संघ रुपन्देहीले निर्माण गरेको विपिको अर्धकदको शालिक विपिको ४१ औं स्मृति दिवसको अवसरमा शनिबार नेपाली काँग्रेस रुपन्देहीका सभापति तथा तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले अनावरण गर्नु भएको हो ।
विपिको शालिक अनावरण गर्दै जिल्ला सभापति खाँणले विपिको प्रजातान्त्रिक सिद्धान्त र उहाँले देखाएको मार्गमा अगाडि बढ्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । उहाँले विपिले लिएको मेलमिलापको सिद्धान्त अहिले पनि अपरिहार्य रहेको बताउँदै सबै एक भएर पार्टीलाई बलियो बनाउनु पर्ने भनाई राख्नुभयो ।
त्यस्तै काँग्रेस नेतृ लुम्बिनी प्रदेश सभा सदस्य जमुना ढकालले विपिका आदर्श र मुल्य मान्यतामा अडिग रहन विद्यार्थीहरुलाई आग्रह गर्नुभयो । नेपाल विद्यार्थी संघ रुपन्देहीका सभापति सन्दिप पाण्डेले जिल्लामा रहेका क्याम्पसका नेविसंघका इकाई सभापतिहरुलाई क्याम्पसंग जग्गा माग्न आग्रह गर्दै जग्गा प्राप्तीपछि जिल्ला कार्यसमितिले पार्क निर्माण गरिदिने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रम सचिव मनोज वेलवासेको सञ्चालनमा भएको थियो ।