नेपाली काँग्रेसले देवदहमा गरेको वक्तृत्वकलामा ग्रीनप्लान्टका धमला प्रथम

30

नेपाली काँग्रेसले देवदहमा गरेको वक्तृत्वकलामा ग्रीनप्लान्टका धमला प्रथम

नेपाली काँग्रसले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय वक्तृत्वकला प्रतियोगितामा देवदहको ग्रीनप्लान्ट आवासीय माध्यमिक विद्यालयका आर्यन धमला प्रथम भएका छन् । उनले प्रतियोगितामा सहभागि ३५ प्रतियोगिलाई पछि पार्दै प्रथम भएका हुन् । उनलाई प्रमाणपत्र सहित ८ हजार रुपैंया नगद पुरस्कार प्रदान गरिएको छ ।
नेपाली काँग्रेस क्षेत्र नं. १ रुपन्देहीले ४१ औं विपि स्मृति दिवसको अवसरमा शनिबार देवदहमा ‘बहुआयामिक व्यक्तित्व विशेश्वरप्रसाद कोइराला’ विषयमा आयोजना गरिएको वक्तृत्वकला प्रतियोगितामा क्षेत्र नं. १ का ३६ विद्यालय सहभागि भएका थिए । प्रतियोगितामा भविश्य निर्माण माध्यमिक विद्यालय देवदहका प्रविण नेपाली द्वितीय, नवज्योति ईङ्लिस बोर्डिङ स्कुल तिलोत्तमाका जविक पाठक तृतीय तथा अरनिको ईङ्लिस बोर्डिङ स्कुल तिलोत्तमाकी दीक्षा केसी र देवदह बुद्ध पब्लिककी ऋचा दुवे सान्त्वना भएका छन् । उनीहरुलाई प्रमाणपत्र सहित क्रमशः द्वितीयलाई ६ हजार, तृतीयलाई ४ हजार र सान्त्वना दुई जनालाई जनही १ हजार ५ सय रुपैंया नगद पुरस्कार प्रदान गरिएको क्षेत्रीय सचिव विजय गुरुङले जानकारी गराउनु भयो ।
उनीहरुलाई नेपाली काँग्रेसका सहमहामन्त्री वद्रि पाण्डे, केन्द्रीय सदस्य अब्दुल रज्जाक, क्षेत्रीय सभापति हिराबहादुर खत्री लगायतका नेताहरुले पुरस्कार प्रदान गर्नुभएको थियो । त्यस्तै प्रतियोगितामा सहभागि भएका विद्यार्थी र विद्यालयलाई पनि सहभागिताको प्रमाणपत्र प्रदान गरिएको छ ।