रुपन्देहीका शिक्षा समन्वय प्रमुख दिपेन्द्र ढकाल सवार सरकारी गाडी प्रहरी नियन्त्रणमा

1.3K

रुपन्देहीका शिक्षा समन्वय प्रमुख दिपेन्द्र ढकाल सवार सरकारी गाडी प्रहरी नियन्त्रणमा

रुपन्देहीका जिल्ला शिक्षा समन्वय इकाई प्रमुख दिपेन्द्र ढकाल सवार गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार सरकारी गाडीको दुरुपयोग गरी प्रशासनको पास विना घुमफिरमा भेटिएपछि जिल्ला शिक्षा समन्वय इकाई प्रमुख ढकाल सवार जिल्ला शिक्षा समन्वय इकाईको बा २ झ १०१० नम्बरको सरकारी गाडी नियन्त्रणमा लिइएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक होमबहादुर थापाले बताउनु भएको छ ।
नियन्त्रणमा लिएको सरकारी गाडी जिल्ला प्रशासन कार्यालयमा बुझाईने र सरकारी गाडी दुरुपयोगको अभियोगमा प्रशासनले कारवाही गर्ने पनि उहाँले बताउनु भयो । शनिबार सरकारी गाडी दुरुपयोग गरी शिक्षा समन्वय इकाई प्रमुख ढकाल पाल्पाको बसन्तपुर तथा नुवाकोटमा घुमफिरमा हुनुहुन्थ्यो । अनुमति विना नै सरकारी गाडी दुरुपयोग भएको सूचनाको आधारमा प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेको निर्देशनमा पाल्पाको नुवाकोटबाट उक्त गाडी नियन्त्रणमा लिईएको हो ।