अहिले नेपालमा नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिँदै जाँदा नेता कार्यकर्तामा रनौकता छायको छ । तर, क्रियाशिल सदस्यताको विवादले पार्टी कार्यालयमा अनशन बस्नेको पनि कमि छैन । कार्यालयमा जम्मा भएका कार्यकताले गुटगत रुपमा ठूला नेता विरुद्ध नाराबाजी र हुटिङसमेत गर्न थालेको स्थिति स्वदेशमा रहेको छ । तर प्रवासमा भने त्यसको ठिक उल्टो स्थित छ | केहि समय अघि सम्म विवादित रहेको जनसम्पर्क समिति र यसमा आबद्ध कार्यकर्ताहरु अहिले एकबद्ध भयका छन | सबैले एउटै आवाज दियका छन त्यो हो ‘मेलमिलाप’को |
बेल्जियम नेपाली कांग्रेसको यूरोपियन राजधानीमा यूरोपको केन्द्र जस्तै रहेको छ | यूरोप भरि हुने कांग्रेसको राजधानीको केन्द्र बेल्जियम नै हो भन्दा फरक पर्दैन | यसै क्रममा सोमबारका दिन बेल्जियमको लुभेन सहरमा चालीसऔ राष्ट्रीय मेलमिलाप दिवस तथा अंग्रेजी नया बर्ष उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न भयको छ | कार्यक्रममा अघिपछि भन्दा धेरै नेपालीहरु जम्मा भय | हिजो फुटेको समिति आज जुटेको अवस्था हुदा पनि सबैमा नया उत्सुकता देखिन्थ्यो | साथै नेपाली कांग्रेसको महाधिबेसनको रौनकले पनि नयापन कार्यक्रममा देखिन्थ्यो | कार्यक्रममा सबैले देशमा रहेका नेताहरुले मेलमिलापको नीति अंगिकार गरेर अगाडी बढ्नु पर्नेमा बिशेष जोड दियका थिय |
एनआरएन ए बेल्जियमका अध्यक्ष तथा जनसम्पर्क समिति बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतमले नेपालमा हालै देखा परेको राजनैतिक संकटमा प्रवासमा रहेका सम्पूर्ण नेपाली हरु राष्ट्र र राष्ट्रीयताको सवालमा मेलमिलापको नीति आत्मसाथ गरि जिम्मेवार भएर सोच्नु पर्ने कुरामा प्रस्ट पारे भने नेपाली जनसम्पर्क समिति समन्वय परिषद यूरोपका कार्यबहाक अध्यक्ष पूर्ण हमालले बर्तमान नेपालको राजनैतिक परिस्थितिमा नेपाली काँग्रेस लगाएत सम्पूर्ण राजनैतिक पार्टीहरुले निस्वार्थ देशको हितमा मिलमिलाप को नीति अगाडी बढ्नु पर्ने बेला आएको बताय | साथै अन्य वक्ताहरुले पनि कांग्रेस पार्टीमा केन्द्र बाटै मेलमिलापको खाचो बढी प्रभावकारी रहेको हुदा सोहि तर्फ जानुपर्ने सुझायका थिय |
कार्यक्रमको संयोजक जनसम्पर्क समिति बेल्जियमका पुर्व अध्यक्ष ईन्द्र क्षेत्री पकवानले गरेका थिय |कार्यक्रममा कार्यक्रममा नेजस बेल्जियम का सस्थापक अध्यक्ष ध्रुव राज पौडेल, सदस्य की सदस्य सीता सापकोटा, नेजस नेदरल्याण्ड का बरिष्ट सल्लाहकार हरि पौड्याल तथा नेजस ईटाली का अध्यक्ष रमेश राज लामिछाने लगायतको उपस्थिति रहेको थियो |