एक वर्षमा तीस हजार भन्दा बढी युनिट रगत संकलन

1.3K

एक वर्षमा तीस हजार भन्दा बढी युनिट रगत संकलन

रुपन्देही जिल्लामा गएकाे एक वर्षमा ३० हजार युनिट भन्दा बढी रगत संकलन भएकाे छ भने त्याे भन्दा बढी वितरण गरिएकाे छ । नेपाल रेडक्रस साेशाइटी रुपन्देही शाखा अन्तरगत सञ्चालित रक्त सञ्चार सेवा केन्द्र बुटवल र भैरहवाबाट याे एक वर्षमा ३० हजार २५७ युनिट रगत संकलन गरिएकाे रक्त सञ्चार सेवा केन्द्र बुटवलकी कार्यालय प्रमुख राधा ज्ञवालीले जानकारी गराउनु भयाे । उहाँका अनुसार याे अवधिमा ३४ हजार ७८० युनिट रगत वितरण गरिएकाे छ । ५७ औं रक्त सञ्चार दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजित कार्यक्रममा उहाँले याे तथ्यांक प्रस्तुत गर्नुभएकाे हाे । संकलन भएकाे रगतकाे प्रशाेधन पछि केही युनिट बढी भएकाे पनि उहाँले जानकारी गराउनु भयाे ।
कार्यक्रममा तिलाेत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले रगतको संकलन, व्यवस्थापन र वितरणमा रेडक्रशले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भयाे ।
रगतकाे अभावमा कसैले पनि ज्यान गुमाउन नपराेस भन्ने उद्देश्यले रगतकाे सहज उपलब्धताकाे लागि रेडक्रसले काम गरेकाे र त्यसमा विभिन्न सामाजिक संघसंस्थाकाे साथ र सहयाेग रहेकाे नेपाल रेडक्रस साेशाइटी रुपन्देही शाखाका सभापति दीपक क्षेत्री न्याैपानेले बताउने भयाे । सामाजिक संघसंस्थाकै सक्रियताका कारण सहज रुपमा विरामीलाई रगत उपलब्ध गराउन सकिएकाे पनि उहाँकाे भनाई छ ।
कार्यक्रममा एकसय युनिट भन्दा बढी रक्तदान गर्ने संघसंस्थालाई सम्मान गरिएकाे नेपाल रेडक्रस साेशाइटी रुपन्देहीका मन्त्री रामचन्द्र उपाध्यायले जानकारी गराउनु भयाे ।