लियाे बुटवलमा रक्तदान

1.3K

लियाे बुटवलमा रक्तदान

लियाे क्लव अफ बुटवलले शनिबार बुटवलमा रक्तदान कार्यक्रम गरेकाे छ । रक्तसञ्चार सेवा केन्द्र भैरहवाकाे प्रविधिक सहयाेगमा गरिएकाे रक्तदान कार्यक्रममा ५५ जनाले रक्तदान गरेकाे कार्यक्रम संयाेजक क्लवका फस्ट भाईस प्रेसिडेन्ट प्रतीक खनालले जानकारी गराउनु भयाे ।
क्लवका अध्यक्ष सशांक श्रेष्ठकाे अध्यक्षतामा भएकाे कार्यक्रममा लियाे डिष्ट्रिक भाईस प्रेसिडेन्ट श्रद्धा कुवर, लायन्स क्लव अफ बुटवलका अध्यक्ष शरदमान श्रेष्ठ, लियाे डिष्ट्रिक सचिव श्रीधर बस्याल क्लवका सचिव विमर्श श्रेष्ठ लगायतले भनाई राख्नु भएकाे थियाे ।