नागरिकमा स्वास्थ्य सेवाको पहुँच बढाउन लुम्बिनी सांस्कृतिक नगरपालिकामा थपियो एम्बुलेन्स

22

नागरिकमा स्वास्थ्य सेवाको पहुँच बढाउन लुम्बिनी सांस्कृतिक नगरपालिकामा थपियो एम्बुलेन्स

नागरिकमा स्वास्थ्य सेवाको पहुँच बढाउनको लागि लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेका तीन वटा एम्बुलेन्स स्वास्थ्य संस्थालाई प्रदान गरिएको छ । नगरपालिकाले नगरपालिकामा रहेका तीन वटा एम्बुलेन्स नगरपालिका भित्रका तीन वटा स्वास्थ्य चौकीलाई प्रदान गरिएको हो ।
नगरपालिकाले वडा नं. ३ मा रहेको लुम्बिनी स्वास्थ्य केन्द्र, वडा नं. ९ को खुदावगर स्वास्थ्य चौधरी र वडा नं. ११ मा रहेको मसिना स्वास्थ्य चौकीलाई एक एक थान एम्बुलेन्स प्रदान गरेको हो । एम्बुलेन्स हस्तान्तरण गर्दै नगरप्रमुख सजरुद्धिन मुसलमानले गर्भवती महिलालाई निःशुल्क सेवा प्रदान गर्नेगरी एम्बुलेन्स सेवा सञ्चालन गर्न निर्देशन दिनुभयो । एम्बुलेन्सको अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुनु नपरोस भन्ने उद्देश्यले एम्बुलेन्स सेवा थप गरिएको बताउँदै नगरप्रमुख मुसलमानले २४ घण्टा एम्बुलेन्स सेवा सञ्चालन हुने र आवश्यक पर्नासाथ सम्पर्क गर्न पनि नगरवासीलाई आग्रह गर्नुभयो ।
यससंगै लुम्बिनी सांस्कृतिक नगरपालिकामा ५ वटा एम्बुलेन्स सञ्चालन हुनेछन् । लुम्बिनी प्रदेश सरकारको अनुदानमा तीन वटा एम्बुलेन्स लुम्बिनी सांकृतिक नगरपालिकालाई प्राप्त भएको र बढी आवश्यकता देखिएका स्वास्थ्य चौकीमा प्रदान गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राजेन्द्र चौधरीले जानकारी गराउनु भयो ।