नहरपुरमा डेंगी सचेतना

1.3K

नहरपुरमा डेंगी सचेतना

बुटवल उपमहमनगर पालिका वडा न ११ पश्चिम नहरपुरमा डेंगी सचेतना तथा सरसफाई गरिएकाे छ ।  बुटवल उपमहानगरले शुरु गरेको खोज र नष्ट गर अभियान अन्तरगत टोल समितिको अगुवाईमा कार्यक्रम भएको हो । डेंगीको प्रकोप रहदासम्म सरसफाई तथा जनचेतना मुलक कार्यक्रमलाई निरन्तरता दिने टोल समितिका सचिव नन्दलाल पोख्रेलले जानकारी दिनुभयाे । लमखुट्टेको टोकाईवाट डेंगी सक्रमण हुने भन्दै घर घरमा सचेतनामुलक कार्यक्रम सचालन गरिएको हो ।
सो अवसरमा टोल समितिका पदाधिकारी सदस्यहरु, महिला स्वास्थ्य स्वयमसेविका र स्थानीयको सहभागिता रहेको थियो । टोलमा पानी जम्ने खाल्टाखुल्टी तथा टयरहरु व्यवस्थापन गरिएको थियो । टोल समितिले प्रत्येक हप्ता सामुहिक सरसफाई, घरवरपर सरसफाई गर्ने लगायतका निर्णयहरु गरेको छ ।