कक्षा १२ काे परीक्षामा ५१ प्रतिशत उतिर्ण

1.3K

कक्षा १२ काे परीक्षामा ५१ प्रतिशत उतिर्ण

याे वर्ष कक्षा १२ काे परीक्षामा सहभागी भएका मध्ये ५१ प्रतिशत विद्यार्थी उतिर्ण भएका छन् । गत वैशाख २६ गतेदेखि जेठ ५ गते सञ्चालित परीक्षाकाे नतिजा मंगलबार सार्वजनिक भएकाे हाे ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षकाे परीक्षामा नियमित र ग्रेडवृद्धि गरी ४ लाख ४८ हजार विद्यार्थी सहभागी भएका थिए । त्यसमध्ये ५१.९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उतीर्ण) भएका छन् । त्यस्तै ४९.०९ प्रतिशत भने नन ग्रेडेड भएका राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनु भएकाे छ ।
राष्ट्रिय परीक्षा बोर्डले ३५ प्रतिशत भन्दा कम अंक ल्याउनेलाई नन ग्रेडेडमा राख्दै आएको छ । उनीहरुले माथिल्लो तह अध्ययन गर्न पाउने छैनन् । माथिल्लाे कक्षा अध्ययनकाे लागि पुन: ग्रेडवृद्धिको परीक्षा दिनु पर्ने छ ।