रुपन्देहीमा भोली ८४ हजार लिटर पेट्रोल वितरण गरिदै

512

रुपन्देहीमा भोली ८४ हजार लिटर पेट्रोल वितरण गरिदै

p 1  बुटवल,पुस । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भोली विहिबार रुपन्देहीमा इन्धन वितरण गर्ने भएको छ ।
यस अघि पुस २१ गतेरुपन्देहीमा तेल बितरण गरेको प्रशासनले भोली पुनइन्धन वितरण गर्ने सुचना जारी गरेको छ ।
रुपन्देहीका जिल्लाका २८ वटा पेट्रोल पम्पबाट ८४ हजार लिटर पेट्रोल वितरण गरिने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले बताउनु भयो ।

भोली विहान बिहान ११ बजेदेखि पेट्रोल बितरण हुने पनि जानाइएको छ । मोटरसाइकललाइ रु ५०० तथा कार र ट्याक्सीका लागि १२०० बराबरको पेट्रोल वितरण गर्न लागिएको हो । तेल भर्नका लागि ब्लुबुक,लाइसेन्स सहित पायक पर्ने डिपोमा पुग्न आग्ह गर्दै प्रशासनले नागरिकहरुको सहजताका लागि जिल्लाका सबै स्थानमा पेट्रोल वितरण गरिने भएको हो ।
२८ वटा पम्प मध्ये तिवटा पम्मा कार तथा ट्क्p2सीका लागि तेल वितरण गरिने छ भने वाकी २५ वटा पम्पबाट सर्बसाधारणहरुलाई सहज रुपमा इन्धन वाडिने भएको हो । यस अघि २० वटा पम्पबाट तेल वितरण गरिए पनि यस पटक भने २८ वटा पम्पबाट इन्धन वितरण गर्न लागिएको हो ।
पछिल्लो समयमा भारतबाट पनि इन्धन आयातको अनुपात बढेकोले छोटो समयमै इन्धन वितरण गर्न लागिएको हो ।