वेस्टर्न मेगा कलेजमा हस्पिटालिटी सेवा सम्बन्धि अन्तरक्रिया

41

वेस्टर्न मेगा कलेजमा हस्पिटालिटी सेवा सम्बन्धि अन्तरक्रिया

हाेटल म्यानेजमेन्ट पठनपाठन हुने बुटवलकाे वेस्टर्न मेगा कलेजमा अतिथी सत्कारमा पेशागत गुणहरुका विषयमा विद्यार्थीसंग अन्तरक्रिया कार्यक्रम गरिएकाे छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १५ ढवाहामा रहेकाे वेस्टर्न मेगा कलेजमा बि.एच.एम अध्ययन गर्ने विद्यार्थीसंग क्वालिटी अफ हस्पिटालिटी प्राेफेसनल विषयमा अन्तरक्रिया गरिएकाे हाे ।
कलेजमा बि.एच.एम. अध्ययन गर्ने विद्यार्थीसंग गरिएकाे अन्तरक्रियामा काठमाडौँकाे नाथममा हस्पिटालिटी शिक्षणमा तीन दशक विताउनु भएका नाथम फुड एण्ड वेभरेज अन्तरगत सिनियर प्रशिक्षक मनराज खत्रीले त्यस विषयमा प्रशिक्षण गर्नु भएकाे थियाे ।
उहाँले हस्पिटालिटी प्राेफेसनमा के कस्ता गुणहरु हुनु पर्छ, भविष्यमा के कसरी अगाडी बढ्ने भन्ने विषयवस्तुहरु बारे प्रकाश पार्नु भएकाे थियाे । त्यस्तै त्यसका गुण, सीप र क्षमताकाे बारेमा पनि जानकारी गराउनु भएकाे थियाे । त्यस्तै विद्यार्थीले हस्पिटालिटी सेवाकाे बारेमा जिज्ञासाहरु राखेका थिए ।
वेस्टर्न मेगा कलेजले विद्यार्थीहरुको शैक्षिक गतिविधि अन्तंगत किताबी ज्ञानमा मात्र ध्यान नदिई उनिहरुले अध्ययन गर्ने शिक्षा तथा पेशा प्रतिको व्यवहारिक ज्ञान तथा मोटिभेसनको लागी समय समयमा विषय विज्ञहरुसंग अन्तर्क्रिया कार्यक्रम गर्दै आएकाे कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी गराउनु भयाे । उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीमा अतिरिक्त सीप तथा क्षमताकाे विकास भएकाे छ ।
कलेजमा कार्यरत शिक्षक तथा कर्मचारी र वि.एच.एम अध्ययनरत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको कार्यक्रम कलेजका अतिरिक्त क्रियाकलाप संयोजक सौगात लामिछानेको संयोजकतामा सम्पन्न भएको थियो ।
कलेजमा स्नातक तहमा बि.एच.एम र स्नाकोत्तर तहमा एम.बि.ए. अध्ययन हुने र वर्ष २०८० को लागि भर्ना खुलेको पनि उहाँले जानकारी गराउनु भयो ।