बुटवल १५ ढवाहमा रहेकाे वेस्टर्न मेगा कलेजमा बि.एच.एम.का विद्यार्थीले देवदहका भलुहीमा रहेकाे सिद्धेश्वर महादेव मन्दिर कामधेनु गौधाममा गौसेवा तथा गौशाला सरसफाई गरेका छन् ।
नेपालकै पहिलो स्कुटल वेस्टर्न मेगा कलेज बि.एच.एम विभिन्न सेमेस्टरमा अध्ययनरत विद्यार्थीले देवदह नगरपखलिका वडा नं. १० भलुहीमा अवस्थित सिद्धेश्वर महादेव मन्दिर कामधेनु गौधाममा गौसेवा तथा गौशाला सरसफाई कार्यक्रम गरेका हुन् ।
गौशालामा करिव ४०५ वटा गाईहरु रहेको कुरा योगी सोमराजद्वारा जानकारी गराउनु भयो । पठनपाठन सँगसँगै विद्यार्थीलाई सामाजिक दायित्व प्रतिबोध गराउने तथा सामाजिक कार्यहरुले समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले गरिएको कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले जानकारी दिनुभयो ।
कार्यक्रम सहायक प्रशासक समीक्षा पोखरेलको संयोजकत्वमा भएको थियो ।
