बुटवल बहुमुखिमा बिबिए कार्यक्रम निर्देशक अर्यालद्वारा पदभार ग्रहण

1.3K

बुटवल बहुमुखिमा बिबिए कार्यक्रम निर्देशक अर्यालद्वारा पदभार ग्रहण

बुटवल बहुमुखी क्याम्पस बिबिए कार्यक्रम निर्देशकमा नियुक्त डा. ओम प्रकाश अर्यालले पदभारर ग्रहण गर्नु भएकाे छ । शुक्रबार भएकाे पदस्थापन कार्यक्रममा बाेल्दै डा. अर्यालले बिबिए कार्यक्रममा आफ्नाे मन, वचन र कर्मले विद्यार्थीको पहिलो रोजाईको क्याम्पस बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयाे ।
उहाँले क्याम्पसबाट दिक्षित हुने विद्यार्थी देशको सरकारी तथा निजि संस्थाहरुको लागि आवस्यक सकारात्मक सोच, सामाजिक उतरदायीत्व र सिर्जनात्मक भावना भएको कर्मचारी तथा उद्धमी मानव संशाधन उत्पादन गर्ने संस्थाको रुपमा स्थापित हुनको लागि कोसेढुंगा हुने बताउनु भयो ।
कार्यक्रममा व्यवस्थापन संकाय प्रमुख डा. सुर्यबहादुर रानाले छोटो समयमा व्यबस्थापन संकायले  फट्को मारेको उल्लेख गर्दै हाल करिब २ हजार ५ सय विद्यार्थी व्यवस्थापन संकायमा रहेका जानकारी गराउनु भयाे । त्यस्तै क्याम्पस प्रमुख डा. खिमानन्द न्यौपाने, सहायक क्याम्पस प्रमुख विजय सापकोटा, डा. प्राम्शु नेपाल, जीव भण्डारी, स्ववियु अध्यक्ष दुर्गाबहादुर एमसी लगायतले शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।