मुख स्वास्थ्यमा राेटरी लुम्बिनी स्टार्स : एक लाख बिद्यार्थीमा पुग्ने

53

मुख स्वास्थ्यमा राेटरी लुम्बिनी स्टार्स : एक लाख बिद्यार्थीमा पुग्ने

मुख सम्वन्धी रोगहरु विशेषगरी दाँत तथा गिजा सम्वन्धी रोग, मुखको क्यान्सर लगायतका समस्यालाई समयमा नै रोकथा गर्ने उद्येश्यले रोटरी क्लब अफ लुम्बिनी स्टार्सले लुम्बिनीमा अभियान सुरु गरेकाे छ । आधुनिक समाज डेण्टल केयर प्रा.लिको प्राविधिक सहयोगमा क्लवले लुम्बिनी प्रदेशका सरकारी स्कूलहरुमा दन्त शिवीर सञ्चालन गर्न सुरु गरेकाे हाे ।
याे अभियान मार्फत १ लाख विद्यार्थीमा पुगिने बताउँदै क्लवका अध्यक्ष गणेशप्रसाद अधिकारीले विद्यालयस्तरमा सिकेका ज्ञान र अनुशासन ब्यहारमा उर्तान सके समाज परिर्वतनमा मदत मिल्ने बताउनु भयाे । उहाँले बालबालिकाहरुलाई दिईने शिक्षा सबैभन्दा प्रभावकारी हुने भएकाले पनि अहिले नया अभियान शुरु गरेको उनले बताउनु भयाे ।
बुटवलका सिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालयमा कार्यक्रमको सुभारम्भ गर्दै डिष्ट्रिक गर्भनर राजेन्द्रप्रसाद ध्वजूले बालबालिकाको मुखदात स्वस्थ्यको विषयमा रोटरीको महाअभियान महत्वपूर्ण भएको बताउनु भयाे । अभिभावकहरुले बच्चाहरुको स्वास्थ्यमा ध्यान कम दिने र दाँतमुखको उपचारमा हेलच्यक्राई गर्ने गरेको भन्दै उहाँले सचेतना अभियानका रुपमा कार्यक्रम अघि बढाईएको बताउनु भयाे ।
त्यस्तै समाज डेन्टलका अध्यक्ष अमृत भुसालको दन्त स्वस्थ्य सेवा केवल ब्यवसायमात्र नभई सामाजिक उत्तरदायित्वमा पर्ने बताउनु भयाे ।
कार्यक्रममा रोटरी क्लब अफ सेन्टरलका अध्यक्ष रोटरी क्लब अफ लुम्बिनी स्टार्सका संस्थापक अध्यक्ष यादव प्रसाद भण्डारीले सामाजिक कार्यमा अग्रसर रहेका संघसंस्थाहरु समुदायको आवश्यकतालाई सम्बोधन हुने गरि कार्यक्रम चलाउनुपर्ने बताउनु भयाे ।
नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागले राष्ट्रिय मुख स्वास्थ्य नीति तयार गरेको छ । नेपाल पाथफाईण्डर सर्भे सन् २००४ बाट ५–६ वर्ष उमेर समूहका करिव ५८ प्रतिशत वच्चाहरु दाँत कीराले खाने रोगवाट उच्च प्रभावित रहेको देखाएको छ । यसलाई नेपालमा वच्चाहरुको मूख्य रोगको रुपमा पनि औंल्याएको छ । गुणस्तरीय उपचारविना दाँत विग्रने र झर्ने समस्याले पनि जीवनयापनमा महत्वपूर्ण प्रभाव पारेको पाईन्छ । उक्त विश्लेषणले गरीव र सीमान्तीकृत समुदायका सवै उमेर समूह यसवाट वढी प्रभावित भएको देखाएको छ ।
कार्यक्रममा रोटरी क्लब अफ लुम्बिनी स्टार्स वर्ष २०२३/२४ का अध्यक्ष ध्रुव कोइराला, सचिव विमल ढकाल, रोट्याक्ट क्लब अफ लुम्बिनी स्टार्सका अध्यक्ष जया भण्डारी, सिद्धेश्वर लालकुमारी माध्यामिक विद्यालयका सहप्राचार्य दिपक पौडेलले कार्यक्रमलाई प्रभावकारी बनाउने गरि संचालन गर्न सुझाव दिनुभएकाे थियाे ।
हाल नेपालमा १२ वटा डेण्टल कलेजहरु संचालनमा रहेका छन् । वार्षिक करिव ३ सय स्नातक दन्त चिकित्सकहरु देश र विदेशवाट उत्पादन भैरहेका छन् । पाँच वटा उच्च शिक्षा अध्ययन संस्थानहरुवाट करिव ३० जनाले दन्त चिकित्साका विभिन्न क्षेत्रहरुमा स्नातकोत्तर शिक्षा हासिल गर्दछन् । सो वाहेक प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम केन्द्रवाट संचालित ४ वटा संस्थाहरुवाट दन्त सहायकहरु तयार हुन्छन् । सन् २०१६ सम्ममा देश भित्रकै सवै डेण्टल कलेजहरुवाट उत्पादित जनशक्ति सख्या प्रति वर्ष करिव ६ सय ५० पुग्ने देखिन्छ । दन्त चिकित्सा सम्वन्धि जनशक्ति वढ्दै गएपनि देश भित्रको वितरण असन्तुलित छ ।