हृदय रोग निवारण प्रतिष्ठानको अध्यक्षमा पिया

1.3K

हृदय रोग निवारण प्रतिष्ठानको अध्यक्षमा पिया

नेपाल हृदय रोग निवारण प्रतिष्ठान रुपन्देहीको अध्यक्षमा बोनिन पिया निर्वाचित हुनुभएको छ । प्रतिष्ठानको आईतबार बुटवलमा सम्पन्न सातौ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्ष पदमा काजिमान श्रेष्ठ र नरेशकुमार श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै सचिवमा राजेन्द्र कार्की, कोषाध्यक्षमा उमाशंकर मालपानी निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा जीवकान्त काफ्ले, अभिषेक भारी, झपटबहादुर गुरुङ, चन्द्रप्रसाद पौडेल, ध्रुवकुमार शर्मा र सञ्जय मुडवरी सर्वसम्मत निर्वाचित हुनु भएको निर्वाचित समितिका संयोजक अभिवक्ता लोकप्रसाद खरेलले जानकारी गराउनु भयो ।