‘गलत डाटा….पोर्चुगलमा २०१४को डिसेम्बर सम्ममा रेसिडेन्सीहुनेको संख्या ४५०० छ भने झन २०१५को अन्त सम्म कति होला ?पोर्चुगलमा अहिलेसम्म १५ हजार बढी नेपालीहरु छन |’ एन आर एन पोर्चुगलका आधिकारिक व्यक्ति मानिने हेमराज सुवेदीले यूरोस्टाटले दियको डाटा अनुसार तयार पारेको समाचारलाई गलत भनेर जवाफ फर्काय |
त्यसैमा साथ दिदै सेतोपाटि ग्लोबलमा लेख्दै आयका फुर्बान रायमाझीले थपे ‘हामी सबै हावादारी कुरा बोल्छौ लेख्छौ।कँहा कति नेपाली छौ,छन भन्ने तथ्यांक कुनै संस्थासँग छैन।हेमराज जि एन आरएन पोर्तुगलका आधिकारिक ब्यक्ती हुन।उनको संख्या र न्युजको संख्यामा यति ठुलो अन्तर देखिन्छ।सही डाटा प्राप्त गर्न सकिएन वा २०१४ को डाटा २०१६ मा पाईन्छ भने त्यो डाटालाई प्रयोग गरेर अहिले न्युज बनाउनु उपयुक्त हो या होइन?बिशेषत युरोपमा भएका नेपालीहरुलाई यो चासोको बिषय पक्कै हो ।’
पोर्चुगलमै बसेर कलम चलाउने र एन आर एन जस्तो गरिमामय सस्थामा बसेर काम गर्ने उहाहरुको प्रतिक्रिया आयपछी पुन यूरोस्टाट कै मेडिया संयोजक बाईबा संग सम्पर्क गर्दा उनले सेफ तथा अर्को लिंक पठायर सम्पर्क गर्न तथा खोज्न सहयोग गरे | तर ‘सेफ ‘ले दियको डाटा र यूरोस्टाटको डाटा ठ्याक्कै मिल्यो | अर्थात् पोर्चुगलमा बस्ने नेपालीहरुको संख्या ३ हजार ५ सय ४४ नै रहेको छ |सेफले आफ्नै साइटमा सन् २०१४ सम्मको नेपालीहरुसहित सबै विदेशी नागरिकहरुको डाटा राखेको छ | जसमा महिला र पुरुषको संख्या पनि छुट्टाईयको छ | सेफले अझै सम्म गतवर्षको डाटा अपडेट गरेको छैन |के अब पनि यूरोस्टाट अनुसार लेखियको समाचार गलत र हावा नै हो त्?
यो समाचार तयार पार्दा सम्म सेफका अनुसार सबै भन्दा बढी नेपाली लिस्बन राजधानीमा बसेका छन | त्यहा नेपालीहरुको संख्या २ हजार ८ सय ४७ रहेको छ |त्यस्तै गरी फारोमा ३ सय ९० पोर्तोमा ४३ सेतुबालमा २४,ब्रागंसा १,कास्तेलो ब्रागंसा १,एभोरा ६,गुअर्दा१,लेइरिया ७,सान्तरेम ९१,भियानो द कास्तेलो १०,भिसेयु १,मादेरिया ५,बेजा ५७ ब्रागा १५,कोइम्ब्रा ४५जना नेपाली रहेको सेफले आफ्नो आधिकारिक वेव साइटमा http://sefstat.sef.pt/distritos.aspx राखेको छ |
अर्को तर्फ नेपाली वाणिज्य दूतावास लिस्वन, एनआरएनए पोर्चुगल र यहाँ स्थित संघ संस्थाको सहयोगमा तथ्यांक संकलन कार्य अगाडी बढाउन गैरहेका छन | विसेशत नेपाल एबम पोर्चुगल मा अधिकार सम्पन्न कुटनैतिक नियोगको स्थापना का लागि हस्ताक्षर संकलन गरि सम्बन्धित देश लाई दवाव दिन र
नेपाल र नेपालीको कला, संस्कृति झल्कने नेपाल हाउसको स्थापनाको स्थानीय लिस्वन महानगर पालिका लाई नेपालीहरुको वास्तविक सन्ख्याको विवरण बुझाउन संकलन कार्य गरिने भनियको छ | के अब ३५ सय नेपालीको लागि नेपाल सरकारले कुटनैतिक नियोग स्थापना गर्ला त् ? त्यो आगामी दिनले देखाउनेछ !