इन्टलेक्चुअल स्कूलका विद्यार्थीद्वारा सरसफाई

1.3K

इन्टलेक्चुअल स्कूलका विद्यार्थीद्वारा सरसफाई

बुटवल ११ कालीकानगरमा रहेको इन्टलेक्चुअल एकेडेमी स्कुलका  बिद्यार्थीहरुले सरसफाइ कार्यक्रम गरेका छन । स्कुलमा गठित  इन्टलेक्च्युअल बाल क्लबको आयोजनामा गरिएको सरसफाइ कार्यक्रम  स्कुलको वरिपरि र योगिकुटिदेखी मझुवा स्थित  भुवनसिंह मार्गको डेढ किलोमीटर र पुर्वदेवसिद्दनगरको एक किलोमीटर सडकमा सरसफाइ गरिएको थियो ।
बाताबरणलाई स्वच्छ राख्नुपर्ने र डेङु नियन्त्रण गर्ने अभियान स्वरुप यो कार्यक्रम   गरीएको बाल क्लबकि अध्यक्ष नेहा भारीले जानकारी दिनुभयाे ।
कक्षा ६देखि कक्षा १० सम्मका विद्यार्थीहरु सहभागी  रहेको  कार्यक्रममा विद्यार्थीहरुले सडक वरपरका घरहरुका मानिसहरुलाई बाताबरण प्रदुसित नगर्न र प्लास्टिक जन्य फोहोरहरुलाई जथाभावी नफाल्न समेत अनुरोध गरेका थिए । स्कुलको बाल क्लबद्वारा  बिहीबार बिहान संचालन गरिएको कार्यक्रम बालदिवसका अबसरमा गरिएको  स्कुलका अतिरिक्त क्रियाकलाप सम्योजक सुरज बि कले जानकारी दिनुभयाे ।