वेस्टर्न मेगाका विद्यार्थीले खुवाए अपाङ्ग आश्रममा दर

74

वेस्टर्न मेगाका विद्यार्थीले खुवाए अपाङ्ग आश्रममा दर

वेस्टर्न मेगा कलेजका विद्यार्थीले अपाङ्ग आश्रममा दर खुवाएका छन् । बुटवल उपमहानगरपालिका १५ ढवाहामा रहेकाे नेपालकै पहिलाे स्कुटल कलेजमा बि. एच. एम. का विद्यार्थीले बुटवल – ११, प्रगतिनगरमा रहेकाे नेपाल अपाङ्ग आश्रममा तिजको दर खुवाएका हुन् ।
कार्यक्रममा आरम्भ रिसाेर्ट एण्ड हस्पिटालिटीका अध्यक्ष मेघराज पन्तले यसप्रकारका कार्यक्रमले विद्यार्थीलाई व्यवहारिक ज्ञान दिने बताउँदै अतिरिक्त कार्यक्रमलाई पनि पठनपाठन संगसंगै अगाडि बढाउन सुझाव दिनुभयाे ।
आश्रममा ४० जना अनाथ तथा असक्त व्यक्तिहरु रहेको आश्रमका अध्यक्ष डोरबहादुर रामदामले जानकारी गराउनु भयो ।

विद्यार्थीहरुको पठनपाठन सँगसँगै उनीहरुलाई सामाजिक दायित्व प्रति बोध गराउन तथा सामाजिक कार्यहरुले समाजमा सकारात्मक प्रभाव पार्न सकिने भएकाले विद्यार्थीलाई भावनात्मक रुपमा पनि तयार गर्न कार्यक्रम गरिएकाे कलेजका प्राचार्य अधिवक्ता किसु शर्माले बताउनु भयो । कार्यक्रम लेखा सहायक वर्षा पाण्डेको संयोजकत्वमा भएको थियो ।