अब कांग्रेसको नेतृत्व दोश्रो पुस्ताको काँधमा : कोइराला

1K

अब कांग्रेसको नेतृत्व दोश्रो पुस्ताको काँधमा : कोइराला

oloबुटवल,।नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टिको नेतृत्व दोश्राे पुस्तालाइ हस्तान्तरण गर्नुपर्ने बताएकी छन् । उनले दोश्राे पुस्ताको नेतृत्वका लागि आफू सक्षम रहेको उल्लेख गरिन् ।
१३ औं महाधिबेशनले कांग्रेसको नया नेतृत्व र देश नै हाक्ने नेता जन्माउने उनले बताइन् । बुटवलमा बिहिबार आयोजित कार्यकर्ता भेलालाइ सम्बोधन गर्दै कोइरालाले सूचना प्रबिधीको बिकाससंगै नेपाली कांग्रेसको नेतृत्वपनि बिकसित रुपमा चल्नुपर्ने उनको भनाइ छ ।
उनले युवापुस्ताले पार्टि हाक्ने बेला आएको भन्दै अब शिर्ष नेताहरु अभिभाबक भएर सहयोगी भूमिका निर्बाह गर्न सुझाइन् ।कांग्रेसकी केन्द्रिय सदस्य समेत रहेकी कोइरालाले नेपाली कांग्रेसको नेतृत्वमा संबिधान कार्यान्वयन शुरु हुने बताइन् ।बर्तमान ओली नेतृत्वको सरकार अन्धो सरकारको रुपमा परिचित भएको भन्दै उनले भनिन्–‘यो सरकार हावादारी गफमा मात्र सिमित भयो ,केहि कुराको निकास नदिने संकेत मिलेको छ । ’उनले सरकार जिम्मेबार पुर्वक काममा नलागेको उनको आरोप थियो । उनले तराइ मधेशको समस्या समाधानका लागि सरकारको पहल खासै नभएको भन्दै सहमतिकै आधारमा अगाडि बढ्न मधेशबादीदललाइ उनको आग्रह छ ।मुख्यदलहरु मिलेर संबिधान कार्यान्वयनमा लाग्न उनले सुझाब पनि दिइन् ।सो अबसरमा बोल्दै कांग्रेस नेता तथा सांसद अब्दुल रञ्जाकले अहिले मुलुकलाइ निकास दिने बेला भएको र कसैले पनि निशेधको राजनीति गर्न नहुने औल्याए ।