प्रजातान्त्रिक बिचार समाजको शनिबार अधिवेशन हुँदै

706

प्रजातान्त्रिक बिचार समाजको शनिबार अधिवेशन हुँदै

 

बुटवल, ३० पुस । प्रजातान्त्रिक बिचार समाज रुपन्देहीले शनिबार प्रथम अधिवेशन गर्ने भएको छ । पत्रकारिता, कानुन, चिकित्सा, इञ्जिनियरिङ्, प्राध्यापन, कलाकारिता लगायतका पेशामा संलग्न पेशाकर्मीहरुको सहभागितामा गठित समाजको अधिवेशनकालागि नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री एवं केन्द्रीय सदस्य अर्जुनरसिंह केसी, पूर्व मन्त्री एवं कांग्रेस केन्द्रिय सदस्य बालकृष्ण खाँण, समाजका केन्द्रीय अध्यक्ष डा. केदारनरसिंह केसी, नेपाल बिद्यार्थी संघका पूर्व केन्द्रीय सभापति एवं काग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल लगायतका शिर्ष नेताहरु सहभागि हुने कार्यक्रम तय गरिएको समाजका अध्यक्ष रामराज पोख्रेलले जानकारी दिनुभयो । बुटवल उद्योग बाणिज्य संघको सभाहलमा बिहान १० बजेदेखि हुने उक्त कार्यक्रममा सहभागि हुनकालागि बिभिन्न पेशा तथा व्यबसायमा संलग्न व्यक्तिहरुलाई उहाँले अनुरोध गर्नुभएको छ । नेपाली कांग्रेसको १३ औं महाधिवेशन नजिकिंदै गर्दा कांग्रेस निकटका संघसंस्थाहरुले कार्यक्रममा तिव्रता दिन थालेका छन