उजिरसिहमा जिल्लास्तरीय छात्र भलिबल सञ्चालन

1.3K

उजिरसिहमा जिल्लास्तरीय छात्र भलिबल सञ्चालन

उजिरसिह माबिको हीरक समारोह अन्तरगत जिल्ला स्तरिय यु २० अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता २०८० सञ्चालन गरेको छ । प्रतियोगिताको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले समुद्घाटन गर्दै बुटवलमा लुकेर बसेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने गरि भलिबलको ट्यालेन्ट हन्टका रुपमा रहेको बताउनु भयाे । प्रदेशकै यु २० टिम तयार गर्न समेत प्रतियोगिताबाट सहयोग मिल्ने उनले दाबी गर्नुभयाे । खेल प्रतियोगिता एउटा फेलोसिप, भातृत्व विकास गर्ने रुपमा रहेको उहाँले बताउनु भयाे ।
कार्यक्रममा बुटवल खेलकुद विकास समितिका संयोजक बोनिन पियाले विद्यालयस्तरबाट खेललाई प्राथमिकतामा राख्न सके खेलाडी उत्पादनमा मद्यत मिल्ने बताउनु भयाे । बुटवलमा पुर्वाधार विकास र प्रतियोगितामा आफुहरुले जोड दिएको उहाँले बताउनु भयाे । कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्यले स्थानिय खेलप्रेमी, सहयोगदाताहरुको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गर्न सफल भएको बताउनु भयाे । कार्यक्रममा विद्यालयका प्रअ पदमराज ज्ञवाली, विशेष सल्लाहकार टेक बहादुर थापाले प्रतिभा प्रस्फुटनको महत्वपूर्ण पाटोका रुपमा हीरक महोत्सवमा विविध रचनात्मक कार्यक्रम आयोजना गरिएको बताउनु भयाे ।
यसैबिच बुधबार भएको मैत्रीपुर्ण उद्घाटन खेलमा आयोजक उजिरसिह माबिले जनज्योति माबिलाई २—१ को सेटले जित निकालेका हो ।
प्रतियोगिता अन्तरगत नकआउट चरणको पहिलो खेलमा पशुपति माबि सैनामैनाले नबिन माबि बुटवललाई २—० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।
विद्यालयका खेल संयोजक यमप्रसाद श्रेष्ठले प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताउनु भयाे । यसैगरि उपविजेता टिम नगद ७५ हजार, तृतिय टिमले ५० हजार रुपैया तथा सान्त्वना टिमले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उहाँले बताउनु भयाे । यसैगरि विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगद तथा कपबाट पुरस्कृत गरिने उहाँले बताउनु भयाे । प्रतियोगिताकाे उपाधिकाे लागि ३५ विद्यालय प्रतिस्पर्धामा छन् ।