बेल्जियमबाट म्याग्दीको क्याम्पसलाइ ७५ हजार सहयोग

848

बेल्जियमबाट म्याग्दीको  क्याम्पसलाइ ७५ हजार  सहयोग

 

ब्रसेल्स/बेल्जियम
माघ १

बेल्जियम बस्दै आयका नेपालीहरुले म्याग्दीको एक क्याम्पसलाइ ७५ हजार रकम आर्थिक सहयोग गरेका छन |जिल्लाको बाबियाचौरमा नव निर्मित मंगला शिक्षा क्यामपसलाई पुर्वाधार बिकासको लागी उक्त रकम उनीहरुले सहयोग गरेका हुन् | उक्त रकम समितिका संयोजक चन्द्र प्रसाद बुढाथोकिलाई एक समारोहको बिचमा बेल्जियमकोब्रसेल्समा ब्यबसाय गर्दै आउनु भएका ललित (लाल) जुग्जालिले हस्तान्तरण गर्नुभयको छ |

सोहि अवसरमा क्यामपसको आर्थिक संकलन समितिले कार्यक्रमको आयोजना गरी ललित जुग्जालिलाई धन्यबाद स्वरुप फुलमालाले अभिनन्दन गरेका थिय । ‘ क्याम्पसको बिदेश बिभाग प्रमुख सत प्रसाद रोकाले सहयोगको लागी अनुरोध गर्नु भएकोले ७५ हजार रुपैंया जम्मा गरी सहयोग गर्न पाउदा खुसि लागेको छ|’जुग्जालीले लुम्बिनी अनलाइनलाई भन्नुभयो ‘आउँदा दिनहरुमा बेल्जियम बात अझ सक्दो सहयोग गर्दै जानेछौ र आफुले धेरै पढ्न नसके पनि शिक्षा क्षेत्रमा सहयोग गर्नेछौ |’

म्याग्दी जिल्ला कै दोश्रो ठुलो मंगला शिक्षा क्याम्पस रहेको छ | यसलाई भौतिक रुपले सम्पन्न बनाउन प्रवासमा रहेका म्याग्देलीहरुलाई विशेष अनुरोध गरियको छ | अहिलेसम्मा बिदेशमा रहेका नेपालीहरुको तर्फबाट हङकङबाट ७१हजार ४सय ७२, कतारबाट ६० हजार ६सय ९०, ब्रुनाईबाट ८९ हजार ३४ रुपिया क्याम्पसलाई सहयोग आइसकेको छ ।

बेल्जियम बाट सहयोग गर्नेहरुको सुची
ललित जुगजालि ५२ युरो, जित लामा ५० युरो, खगेन्द्र पुन ५० युरो, बेल बहादुर भण्डारी २५ युरो, कृष्ण सुनार २० युरो, लिलाधर पन्त २० युरो, ङासाङ देछेन २० युरो, ज्ञान बिक २० युरो, कर्ण बहादुर खडका २० युरो, डम्बर लिम्बु २० युरो, लोक बहादुर राना २० युरो, ओन्ज हाउस २० युरो, मार्के मगर १५ युरो,रबिन्द्र घिमिरे १५ युरो, हरि शाहि १५ युरो, चन्द्रमान तुलाचन १५ युरो, कमल कान्त पौडेल १० युरो, उतम गौतम (पारस) १० युरो, सुरेन्द्र अमात्य १० युरो, राजाराम पोखरेल १० युरो, भोलानाथ ढकाल १० युरो, बिरेन्द्र लामा १० युरो, हरिमाया तामाङ १० युरो, बसन्त गौचन १० युरो, प्रमलाल बिक १० युरो, कंचन गुरुङ १० युरो, लोक बहादुर नेपाली १० युरो, गन पुन १० युरो, बिरेन्द्र थापा १० युरो, राम बहादुर फगामि १० युरो, याम प्रसाद जुगजालि १० युरो, सक कुमार सेर्बन्जा १० युरो, श्याम बुढ १० युरो, मनकुमारी रामजालि १० युरो, लेखा घर्ति १० युरो, टिका बानिया १० युरो, लक्ष्मी कुवाँर १० युरो, कल्पना शाक्य १० युरो, दिल कुमारी पुन १० युरो, यामुना रोक्का १० युरो, नर कुमारि पुन १० युरो, नारायण धिताल ७ युरो, जनक गुरुङ ६ युरो, कैलास डाँगी ५ युरो, इस्वर लामा ५ यूरो |